Websoft University

www.radiomakalu.com || 021-522512


नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन



काठमाडौँ, भदौ १० गते । नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार सीतादेवी यादव शान्ति तथा पुनःनिर्माण, डा. प्रकाशशरण महत परराष्ट्र, अर्जुननरसिंह केसी सहरी विकास, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गगनकुमार थापा स्वास्थ्य तथा जनसङ्ख्या, केशवकुमार बुढाथोकी समान्य प्रशासन, दीपक गिरी सिँचाइ, रोमीगौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थामी सहकारी तथा गरिबी निवारण र शङ्कर भण्डारी वन तथा भू–संरक्षण मन्त्री हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । शपथ ग्रहणमा नेकाका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो ।

काँग्रेसका कोषाध्यक्षमा निर्वाचित यादव पहिलोपटक मन्त्री बन्नुभएको हो । यसैगरी काँग्रेसका केन्द्रीय सदस्य शाही, थापा, गिरी, जोशी, थामी, भण्डारी पहिलोपटक मन्त्री बन्नुभएको हो ।

यसअघि केसी, डा. महत, खाँण, गुरुङ, बुढाथोकी र गुरुङले मन्त्री पदको अनुभव सम्हालिसक्नुभएको छ ।

काँग्रेसका तर्फबाट यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखकले कार्यभार सम्हालिसक्नुभएको छ ।

वर्तमान मन्त्रीमण्डलमा काँग्रेसका तर्फबाट १५ जना सहभागी हुनुहुन्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget