Websoft University

www.radiomakalu.com || 021-522512


अख्तियारको अनुसन्धान अधिकृतलाई १० लाख घुस खुवाउन खोज्ने २ पक्राउ


अनियमिततामा संलग्न पूर्वराज्यमन्त्री फरार 
काठमाडौं,भदौ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घुस खुवाउन खोज्ने दुई जना १० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।


आयोगले दरवारमार्गस्थित एक रेष्टुरेण्टबाट बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालय जोरपाटीका व्यवस्थापन समिति अध्यक्ष छिरिङ वाङ्देल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम सिंह शेर्पालाई पक्राउ गरेको हो ।

उनीहरुले बुद्ध एकेडेमी आवासीय माविमा भएको आर्थिक अनियमितताबारे अनुसन्धानमा संलग्न अधिकृतलाई घुसको प्रस्ताव गर्दै अनुसन्धान रोक्न आग्रह गरेको आयोगको दाबी छ ।

उक्त विद्यालयमा लाखौं अनियमितता भएको भन्दै उजुरी परेपछि केही समयदेखि आयोगले त्यसमाथि छानविन गर्दै आएको थियो । विद्यालयमा विद्यार्थी भर्ना प्रक्रियादेखि नै आर्थिक अनियमितता हुने गरेको भन्दै आयोगमा उजुरी परेको छ ।



आर्थिक अनियमिततामा संलग्न पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी भने फरार रहेको अख्तियारका एक अधिकारीले जानकारी दिए । बुढाथोकी पञ्चायतकालमा आपूर्ति राज्यमन्त्री थिए । उनी समेत विद्यालय व्यवस्थापन समितिको आर्थिक अनियमिततामा संलग्न भएको अख्तियारको ठहर छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget