गोकर्ण दयाल, बैतडी, साउन १७ गते ।बैतडीमा सात वटा स्थानीय तहको प्रारम्भिक खाका तयार भएको छ ।
स्थानीय राजनीतिक दल, पूर्व जनप्रतिनिधि, जिविस पूर्व सभापति, नागरिक समाज र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले बैतडीमा दुई नगरपालिका र पाँच वटा गाउँपालिकाको खाका तयार गरेको हो ।
जिल्लाका ५६ गाविस, दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाको पुनरर्संरचना गरेर समितिले दुई नगरपालिका र पाँच गाउँपालिका गरि सात वटा स्थानीय तहको प्रारम्भीक खाका तयार गरेको हो । यसरी समयमै खाका तयार गर्नेमा बैतडी देशकै दोश्रो जिल्ला भएको जिबिस बैतडीले बताएको छ ।
२५ हजार जनसंख्या समेटेर गाउँपालिका र ३५ हजार जनसंख्याको नगरपालिका र ४५ हजार जनसंख्या समेटर जिल्ला सदरमुकामको नगरपालिका बनाईको हो । जनगणना २०६८ अनुसार बैतडीको जनसंख्या दुईलाख ५० हजार आठ सय ९८ रहेको छ ।
सात वटा स्थानीय तहमा शिवनाथ÷पञ्चेश्वर गाउँपालिका, मेलौली गाउँपालिका, सिगास÷शिवलिङ गाउँपालिका, त्रिवेणी ÷पुरचौडी गाउँपालिका, चमेलिया÷डिलासैनी गाउँपालिका, दशरथ चन्द नगरपालिका र पाटन नगरपालिका रहेकका छन् । स्थानीय तहकको नामाकरणका बारेमा भने वैकल्पीक नाम समेत राखेर खाका तयार भएको हो ।
पुनरर्संरचना प्राविधिक समितिले शिवनाथ, पञ्चेश्वर, महाकाली, कुँलाउ, आमचौरा, शर्माली, उदयदेव गाविस मिलाएर नयाँ शिवनाथ÷पञ्चेश्वर गाउँपालिका बनाएको छ । यो गाउँपालिकाको जनसंख्या ३३ हजार ५७ रहेको छ भने वार्षिक रुपमा आन्तरिक आम्दानी १० लाख ३९ हजार चारसय ७४ रुपियाँ रहेको छ । क्षेत्रफलका हिसाबले १७३.६२ वर्ग किलोमिटर भूगोल समेटिएको छ । यसको केन्द्र सुल्लेखान रहने भएको् छ ।
त्यसै गरी सलेना, दुर्गास्थान, गिरेगाडा, महारुद्र, विशालपुर, रोडिदेवल, मेलौली गाविस समेटेर मेलौली गाउँपालिका बनेको छ । यहाँको जनसंख्या २७ हजार १८ रहेको छ भने भूगोलमा १५५.६१ वर्ग किलो मिटर समेटिएको छ । मेलौली गाउँपालिकाको आन्तरिक आम्दानी १३ लाख १७ हजार, चारसय तीन रुपियाँ रहेको छ । यसको केन्द्र महारुद्र÷ मेलौली रहेको छ ।
तेश्रो गाउँपालिकाको रुपमा सिगास÷सशिवलिङ गाउँपालिका बनेको छ । यसमा ढुङ्गाड, सिगास, थलाकाँडा, चौखाम गाँजरी,शिवलिङ, सिद्धेश्वर, सिद्धपुर गाविस समेटिएका छन् । यहाँको जनसंख्या २८ हजार नौ सय ६० रहेको छ । आन्तरिक आम्दानी ११ लाख २५ हजार तीनसय तेत्तीस रहेको सिगास गाउँपालिकाको क्षेत्रफल ३२६.९७ वर्ग किलोमिटर रहेको छ । यसको केन्द्र गाँजरी रहेने छ ।
चौथो गाउँ पालिकामा यसमा तल्लादेही, कोटिला, भटना, हाट, भूमिराज, कुवाकोट,न्वादेउ, महादेवस्थान, बिजयपुर र मल्लादेही गाविस मिलेर त्रिवेणी÷पुरचौडी गाउँपालिका बनेको छ । यसको जनसंख्या ३९ हजार ९४ रहेको छ । आन्तरिक आम्दानी २५ लाख २० हजार ६३ रुपियाँ रहेको छ भने क्षेत्रफलमा १९८.३४ वर्ग किलोमिटर रहेको छ । यसको केन्द्र हाट रहने छ ।
पाँचौ गाउँपालिकामा चमेलिया÷डिलासैनी बनेको छ । यसमा गोकुलेश्वर, रुद्रेश्वर, रिम, सित्तड, कटौजपानी र मठैराज गाविस समेटिएका छन् । यसको केन्द्र गोकुलेश्वर वा रिम रहने छ । १५ लाख ५२ हजार नौसय ९८ रुपियाँ आन्तरिक आम्दानी भएको यस गाउँपालिकाले १९९.०९ वर्ग किलोमिटर भूगोल समेटेको छ ।
छैटौंमा आएको छ, बैतडी सदरमुकाममा रहेको दशरथ चन्द नगरपालिका । यसमा देहिमाण्डौ., गुरुखोला, ग्वाल्लेक, नागार्जुन, हटैराज, श्रीकेदार, श्रीकोट, दुर्गाभवानी, न्वाली र देउलेक गाविस थपिएका छन् । यसको जनसंख्या ४५ हजार तीनसय ५९ रहेको छ । १९३ वर्ग किलोमिटर भूगोल समेटिएर थप गाविस समेटिएपछि यसको आन्तरिक आम्दानी ७३ लाख ३४ हजार २८ रुपियाँ रहेको छ । यसको केन्द्र जिल्ला सदरमुकाम खलंगा गढी रहने छ ।
सातौमा पाटन नगरपालिका बनेको छ । दुई वर्ष अघि मात्रै घोषणा भएको पाटन नगरपालिकामा रौलश्वर, भौनेली, वासुलिङ, शंकरपुर, शिखरपुर,सकार, कैलपाल, वशन्तपुर,सिलंगा र पाटन मिलेर पाटन नगरपालिकाको पुनरर्संरचना गरिएको छ । ४० हजार चारसय ६१ जनसंख्या समेटिएको पाटन नगरपालिकाको आन्तरिक आम्दाननी २० लाख २४ हजार ५३ रुपियाँ रहेको छ । यसले २०४.५१ वर्ग किलोमिटर भूगोल ओगटेको छ । यसको केन्द्र पाटन रहने छ ।
स्थानीय विकास अधिकारी संयोजक रहेको प्राविधिक समितिका अन्य सदस्यमा जिल्ला प्रशासन कार्यालका अधिकृत प्रतिनिधि, जिल्ला प्राविधिक,मालपोत कार्यालय, नापी कार्यालय, योजना अनुगमन तथा प्रशासकीय अधिकृत, जिल्ला विकास समिति, आमन्त्रित सदस्यहरूमा जिल्ला वन कार्यालयका अधिकृत प्रतिनिधि र तथ्याङक कार्यलयका प्रमुख सदस्य रहेका थिए ।
समितिले प्रारम्भीक गृहकार्य गरी जिल्लाको भूगोल, जनसंख्या, प्रशासनकि सहजता, शिक्षा, स्वास्थ्य र बजार क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । प्रारम्भीक रुपमा जिल्लामा सात वटा स्थानीय तह बनेको स्थानीय विकास अधिकारी एवं पुनर्संचना प्राविधिक समितिका संयोजक खेमराज बिष्टले जानकारी दिनुभयो ।
जन संख्याका आधारमा बैतडीले सात वटा स्थानीय तह बनाएको हो । कार्यविधिले तोकेको मापदण्ड अनुसार सबै जाति, क्षेत्र र भूगोललाई अधिारसम्पन्न बनाउँन गृहकार्य गरी स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले कुनै विवाद नआउने गरी प्रारम्भीक खाका ल्याएको समितिका संयोजक एवं स्थानीय विकास अधिकारी खेमराज बिष्टले बताउनुभयो ।
प्राविधिक समितिले अहिले प्रारम्भीक खाकामा विदा नभएको बताए पनि श्रीकोट र श्रीकेदार क्षेत्रबाट राजनतिक प्रतिनिधित्व गर्ने स्थानीयवासी समेत रहेका नेता कार्यकर्ताले आफुहरु जिल्ला सदरमुकामको नगरपालिका नआउने बताएका छन् । “ श्रीकोट, श्रीकेदार,न्वाली, कटौजपानी, रिम र सित्तड गाविस मिलाएर आफुहरुले नयाँ गाउँपालिको माग गरेकों” श्रीकोटका स्थानीयवासी एवं तरुण दल बैतडीका अध्यक्ष धनश्याम भट्टले बताउनुभयो ।
त्यसै गरी दुर्गास्थान गाविसलाई मेलौलीमा मिलाएको भन्दै दुर्गास्थानका स्थानीयले आफुहरुलाई जिल्ला सदरमुकाममा मिलाउन माग गरेका छन् । सके नयाँ गाउँपालिका बनाउने नभए दशरथ चन्द नगरपालिकामा जाने दुर्गास्थान स्थानीयवासी समेत रहेकका सामुदायिक वन उपभोक्ता महासंघ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताउनु भयो ।
त्यसै गरी सिद्धेश्वर गाउँ विकास समितिका स्थानीय वासी एवं शिक्षक कृष्णसिंह बिष्टले आफुहरुले पनि सकेसम्म खोड्पे केन्द्र बनाएर छुट्टै गाउँपालिका बनाउने पहल थाल्ने र नभए पाटन नगरपालिकामा जान चाहेको बताउनुभयो ।
मौजुदा गाउँविकास समिति जिल्लाको भू उपग्रहीय नक्साका आधारमा गाउँपालिका र नगरपालिका बन्न सक्ने आधार र सिमाको निर्धाण गर्ने काम गरेको जिल्ला विकास समिति बैतडीले बताएको छ ।
पहाडी जिल्लामा गाउँपालिका र नगरपालिका बनाउँदा आयोगले तोकेको मापदण्ड र कार्यविधि अनुसार गाउँपालिका बन्न २५ हजार जनसंख्या, नगरपालिका बन्न ३५ हजार र सदरमुकाम बन्न ४५ हजार जनसंख्या आवश्यक पर्ने माप दण्ड राखिएको छ ।
भौगोलिक अधारमा गाउँपालिका बन्न न्युनतम ३ वटा बजार केन्द्र र नगरपालिका बन्न न्युनतम पाँच वटा वजारकेन्द्र हुनुपर्ने मापदण्ड तोकिएको छ । सम्भव भएसम्म पानी ढलो मिल्नेगरी गर्ने सीमा निर्धारण गर्ने, भौगोलिक निरन्तरता नटुट्ने गरी गर्ने,वस्ती विस्तारित हुँदै जोडिन सक्ने सम्भावनायुक्त क्षेत्र , प्रशासनिक सहजता , शिक्षा, स्वास्थ्य इकाई भएका स्थानलाई मापदण्डले प्राथमिकता दिएको छ ।
नेपाल राज्यको मुल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था नेपालको संविधानले गरेको छ । राज्य शक्तिको प्रयोग उक्त तीन वटै तहवाट एकल तथा सहकार्यात्मक ढंगले हुने गरि संविधानको अनुसूचि ५, ६, ७, ८ र ९ मा विभिन्न तहका अधिकारहरु वाँडफाड गरिएको छ ।
संविधानप्रदत्त अधिकारहरुको अभ्यासका लागि सक्षम तथा सुदृढ स्थानीय तहको संरचना तयार पार्ने उद्देश्यले संविधानको धारा २९५(३) अनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग गठन भएकोछ । उक्त आयोगको काममा सहयोग गर्न प्रत्येक जिल्लामा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति गठन गरी स्थानीय तहको पुनर्संरचनाको काम तिब्र रुपमा अघि बढाईएको छ ।
Post a Comment