Websoft University

www.radiomakalu.com || 021-522512


खुट्टा भाँच्चिएपछि फ्रान्सेली जिम्न्याष्टको ओलम्पिक यात्रा सकियो

French-sameer

एक भयावह पलपछि फ्रान्सेली जिमन्याष्ट ओलम्पियनको ओलम्पिक यात्रा सकिएको छ । जिम्न्याष्टिकको भल्ट स्पर्धामा हावामा उफ्रेर जमिनमा अडिँदा उनको बाँया खुट्टा गम्भीर तवरले भाँच्चियो ।

ग्राउण्डमा उनी मैदानमा पछारिए । निक्कै विक्षिप्त देखिएका उनलाई मेडिकल स्टाफले उनलाई अस्पताल लगे ।

केहि मिनेटपछि उनले रंगशालामा उपस्थित दर्शकहरु लक्षित गर्दै हात उठाए र रंगशालामा भएका सबै समर्थकले तालीसहित सहानुभुति प्रकट गरेका थिए ।

घरमा टेलिभिजन मार्फ प्रत्यक्ष प्रशारण हेरिरहेका दर्शकहरुले पनि यो भयभित दृश्य देखेपनि सामाजिक सञ्जालहरुमा सेयर गरे ।

२६ बर्षीय समीरले ग्लास्गोको विश्व च्यामिपयनसीपमा गत बर्ष सहभागी भएका थिए । उनले रिङ स्पर्धामा सन् २०११ मा युरोपियन च्यामिपयनसीपको स्वर्ण जितेका छन् ।

फ्रान्सेली स्टार समीरलाई गम्भीर चोट लागेको केहि मिनेटपछि नै जर्मनका खेलाडी आन्द्रेस तोवा घुँडाको चोटबाट गुजि्रएका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget