Websoft University

www.radiomakalu.com || 021-522512


कुखुरापालन को नतिजा सार्वजनिक


बनेपा  भाद्र ११ गते  ।  कुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ ।

Image result for poultry farming

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ । नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यावसायिक कुखुरापालन फार्म भएको समेत तथ्याङ्कमा देखिएको छ ।

व्यावसायिक कुखुरापालन सर्वेक्षणबाट जिल्लामा मात्रै आठ हजार ५५६ मेट्रिक टन मासु उत्पादन भएको अनुमान गर्दै नेपालभरबाट एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले कुखुरापालन व्यवसायमा ठूलो लगानी भएकाले त्यसको तथ्याङ्क सार्वजनिक गर्न र अन्डा तथा मासुको उत्पादन पत्ता लगाउन पहिलो पटक व्यावसायिक कुखुरापालन सर्वेक्षण भएको बताए ।
उनले व्यवसायीले कुखुरा घर निर्माण तथा दाना र चल्लाका लागि सरकारले अनुदान दिनुपर्ने, विदेशबाट गैरकानुनी रुपमा आयात हुने चल्ला खरिदलाई प्रतिबन्ध लगाउनुपर्नेलागयत १० बुँदे सुझाव दिएको जानकारी दिए ।

सो सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा मात्रै एक करोड ९६ लाख ७७ हजार गोटा अन्डा उत्पादन हुने गरेको र मासुका लागि कुखुरा बिक्रीबाट रु एक अर्ब ६४ करोड ७८ लाख ८८ हजार, अन्डा बिक्रीबाट रु १५ करोड ५४ लाख ४२ हजार र चल्ला बिक्रीबाट रु आठ करोड ७७ लाख २४ हजार आम्दानी गरेको तथ्याङ्कमा जनाइएको छ ।

नेपालमा १२८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार इक्युवेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन भएकामा काभ्रेपलाञ्चोकमा करिब १६ लाख ६० हजार चल्ला उत्पादन भएको छ ।

जिल्ला तथ्याङ्क कार्यालय धुलिखेलका तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले कुखुरापालन व्यवसाय मुलुकको प्रमुख आर्थिक स्रोत भएकाले त्यसले कुल ग्रार्हस्थ उत्पादनमा गरेको योगदान पत्ता लाग्नुका साथै त्यस व्यवसायमा कति जनशक्ति छ भन्ने विषयमा पनि अध्ययन गरिएको बताए ।
जिल्लामा २०३१ सालदेखि व्यावसायिक रुपमा कुखुरापालन भएको बताइएको छ ।

-.ratopati.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget