Websoft University

www.radiomakalu.com || 021-522512


ओलम्पिकका २० आइकनिक तस्विरहरु



रियो – सन् २०१६ को रियो ओलम्पिकका आज भव्य कार्यक्रमबीच समापन भएको छ । यस क्रममा यस्ता धेरै घटनाहरु भए जसले गर्दा रियो ओलम्पिकलाई सम्झिरहनेछ । फोटोग्राफरहरुले त्यस्तै सम्झनलायक पलहरुलाई आफ्नो क्यामारामा कैद गरेका छन् । हेरौं त्यस्ता २० तस्विरहरु:

१. ब्राजिलको महिला रग्बी टोलीकी सदस्य इसाडोरा सेरुलोलाई उनको प्रेमिका तथा प्रशिक्षक मार्जरी इन्याले विवाहको प्रस्ताव गरेपछि रुँदै । रियोको स्टेडियममा नै विवाहको प्रस्ताव पाएपछि उनले त्यसलाई स्वीकार गरिन् । २८ वर्षीया इन्याले उनको औंलामा रिबन बाँधेकी थिइन् ।

२. दक्षिण कोरियाकी लि उन जुले उत्तर कोरियाकी होङ उन जोङसँग सेल्फी लिँदै ।
३. अटोग्राफ माग्न आएका बालकसँग तर्कदै बेलायतका एन्डी मरे । अर्जेन्टिनाका हुवान मोनाकोविरुद्धको खेल उनले जितेका थिए ।
४. गलत शुरुवात गरेपछि डिस्क्वालिफाई बनेका फ्रान्सका विल्हेम बोलोसियन ।
५. पोल भल्टमा फ्रान्स रजत पदक विजेता रेनाउड लाभिलेनी पदक समारोहमा रुँदै । ब्राजिलका समर्थकहरुले उनलाई गिज्याएपछि उनी रोएका थिए ।
६. ४x२०० मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण जितेपछि अमेरिकी माइकल फेल्पस् ।
७. रियो ओलल्पिकमा डाइभिङ र वाटरपोलोको स्वीमिङ पुल । दुईवटा स्वीमिङ पुलको पानीको रंग फरक फरक देखिएपछि यसले निकै चर्चा पाएको थियो ।
८. अमेरिकाकी क्रिस्टिन आर्मस्ट्रङले साइक्लिङमा स्वर्ण पदक जितेपछि आफ्नो छोरासँग ।
९. ओलम्पिकमा भाग लिएका शरणार्थीहरुको टोली
१०. मंगोलियाको रेस्लिङका प्रशिक्षक विरोध स्वरुप आफ्नो कपडा उतार्दै ।
११. ब्राजिलका फुटबलर नेयमार आफ्नो देशलाई पहिलो स्वर्ण दिलाएपछि खुसियाली मनाउँदै ।
१२. जापानकी शारा डोसो रेस्लिङमा स्वर्ण पदक जितेपछि आफ्नो प्रशिक्षकसँग खुसियाली मनाउँदै ।
१३. विश्व नम्बर १ सेरेना विलियम्स तेस्रो चरणमा नै पराजित भएपछि ।
१४. फ्रान्सका समिर एइट सइद पोल भल्ट गर्दा खुट्टा भाँचिएपछि ।
१५. दुई फरक पहिरन : इजिप्ट र जमर्नीका खेलाडी बिकिनी र बुर्कामा बिच भलिबलमा भाग लिँदै ।
१६. महिलातर्फको ४०० मिटर दौडमा लड्दै बाहामासकी साउन मिलर । उनले लडेरै एलिसन फेलिक्सलाई हराउँदै स्वर्ण जितिन् ।
१७. भारी वर्षाका बीच ११० मिटर हर्डल्समा भाग लिँदै खेलाडीहरु ।
१८. अमेरिकाकी केटी लेडेकीले ८ सय मिटर फ्रिस्टाइलमा अन्य प्रतिस्पर्धीलाई धेरै पछाडी छोड्दै । उनले विश्व किर्तिमान भंग गर्दै स्वर्ण जितिन् ।
१९. १०० मिटरको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने क्रममा जमाइकाका उसेन बोल्ट । रियो ओलम्पिकमा भारइल बनेको तस्विर मध्ये एक हो । कुद्दै गर्दा पनि क्यामारा पोज दिन भ्याएको भन्दै इन्टरनेटमा यो तस्विर निकै शेयर भएको थियो ।
२० मैदानमा ढलेकी प्रतिद्वन्द्वी खेलाडीलाई उठाउँदै न्युजिल्याण्डकी एथ्लेटिक्सकी खेलाडी ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget