Websoft University

www.radiomakalu.com || 021-522512


एउटा यस्ती ‘सिरियल किलर’ जसले जीवन धान्नका लागि ‘ड्रग डिलर’ लाई मार्छिन्

drug dealer

निकै कमजोर, डराएकी र काखे बालकको साथमा देखिएकी ती महिलालाई हेर्दा लाग्दैन कि उनले ६ जना ‘ड्रग डिलर’ को हत्या गरेकी छिन् ।

‘दुई वर्ष अघि मैले यहि प्रान्त नजिकै पहिलो रोजगारी पाएँ । म त्यतिबेला निकै डराएकी र आत्तिएकी थिएँ किनभने त्यो मेरो पहिलो थियो ।’

मारिया, नाम परिवर्तित, अहिले ‘कन्ट्र्याक्ट किलिङ’ को बिजनेस सम्हाल्छिन् । फिलिपिनी सरकारले मान्यता दिएको लागुऔषधसम्बन्धी युद्धका अनुरुप उनले सरकारले तोकेको ‘ड्रग डिलर’ लाई मार्ने काम गर्छिन् ।

निकै चर्चित उनको समूहमा उनीलगायत अन्य तीन महिला संलग्न छन् । त्यहाँको सरकारले यस कार्यमा महिलालाई बढि प्राथमिकता दिएको छ किनभने महिलाहरुले यसो गर्लान् भनेर सुरुवाती अवस्थामा कसैले पनि विश्वास गर्दैनन् । उनीहरु शंकाको घेरामा नरहने भएका कारण काम गर्न निकै सजिलो हुन्छ ।

फ्रान्समा जब राष्ट्रपति रोड्रिगो डुटेर्टे निर्वाचित भए तब उनले नागरिक र पुलिसलाई ‘ड्रग डिलर’ लाई मार्नका लागि आग्रह गरे । मारियाले थप पाँच व्यक्तिको हत्या गरेकी छिन् – सबैलाई टाउकामा गोली हानेर ।

पंक्तिकारले जब उनलाई यस्तो कार्य गर्नका लागि कसले निर्देशन दिन्छ भन्ने प्रश्न सोधे तब उनको जवाफ ‘हाम्रा बोस, पुलिस अफिसर’ थियो ।

पंक्तिकारले भेटेको साँझ उनी र उनका श्रीमान्लाई उनीहरुको सुरक्षित घरबारे धेरै मानिसहरुलाई थाहा भएको बताइयो । उनीहरु त्यहाँ निकै आत्तिएर गए ।

निकै विवादास्पद ‘ड्रग वार’ ले उनलाई भ्याइनभ्याइ छ तर यसले धेरै जोखिम निम्त्याएको पनि छ । आफ्नो यो व्यवसाय कसरी स्थापित हुन गयो भनी मारियाले वर्णन गरिन् ।

‘मेरा श्रीमानलाई ऋण लिएका तर भुक्तानी नगरेका मानिसहरुलाई मार्न आदेश दिइन्थ्यो,’ उनले भनिन् ।

यो उनको श्रीमानको लागि कमिसन कमाउने माध्यम बन्यो जबसम्म थप चुनौतीपूर्ण स्थिती खडा भएन ।

‘एक पटक उनीहरुलाई एक महिला चाहियो । मेरो श्रीमानले त्यो काम गर्न मलाई फन्दामा पारे । जब मैले मार्नुपर्ने व्यक्तिलाई देखें तब म उनको नजिक गएँ र गोली हानें ।’

मारिया र उनका श्रीमान तत्कालिन मनिलाको समूदायबाट आएका थिए । कन्ट्र्याक्ट किलर बन्न राजी हुनुपूर्व उनीहरुसँग रोजीरोटीको लागि कुनै आधार थिएन एकजना मानिसको हत्या गरेबापत् उनीहरुले २० हजार फिलिपिनी पेसोस (४३० डलर) अर्थात् ४६ हजार नेपाली रुपैयाँ कमाउँछन् । यही कमाई पनि तीन ÷चारजना बिच बाँडिन्छ । निकै जोखिम मोलेर कमाइएको यो पैसा निकै थोरै हो । तर अहिले मारियासँग यसको विकल्प छैन ।

फिलिपिन्समा कन्ट्र्याक्ट किलिङ केही नौलो विषय होइन । राष्ट्रपति डुटेर्टेले निकै स्पष्ट सन्देश दिएपछि उनको यो समूह कहिले नभएको व्यस्त भइरहेका छन् । ।

राष्ट्रपतिले निर्वाचनपश्चात्, आफ्नो पहिलो ६ महिने कार्यकालमा १ लाख अपराधीको पत्ता साफ गर्ने बताएका छन् ।

उनले विशेषगरी ड्रग माफियालाई चेतावनी दिएका छन्, ‘मेरो देशलाई बिगार्ने होइन किनभने म तिमीलाई मार्नेछु ।’-जोनाथन हेड/ बीबीसी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget