Websoft University

www.radiomakalu.com || 021-522512


‘उच्च मनोबलका साथ काम गर्नुस्’

puspa kamal dahal prachanda

काठमाडौं, भदौ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको कार्यालय र मातहतका निकायमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको आइतबार स्थलगत अवलोकनपछि उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले त्यस कार्यालयमा देखिएका नीतिगत समस्या, भौतिक पूर्वाधार र वृत्ति विकासमा आवश्यक कदम चाल्ने आश्वासनसमेत दिनुभयो ।
सरकारी निकायहरूको कार्यसम्पादन किन कमजोर बनिरहेको छ भन्ने गतिलो उदाहरण महान्यायाधिवक्ताको कार्यालय भएको भन्दै उहाँले कार्यसम्पादन स्तर उच्च बनाउन सरकारका तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । “तपाईंहरू उच्च मनोबलका साथ काम गर्नुस्, सरकारले आवश्यक सहयोग गर्छ”, उहाँले भन्नुभयो ।
महान्यायाधिवक्ता नेपाल सरकारको मुुख्य कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ । त्यस क्रममा महान्यायाधिवक्ता रमण श्रेष्ठले कार्यालय र मातहतका निकायमा देखिएका समस्याहरूका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।
साधनस्रोतको अभाव, वृत्ति विकासको कमी, न्याय सेवाकै अन्य समूहको तुलनामा सरकारी वकिल समूह उपेक्षित रहेको, न्यायाधीश नियुक्तिमा प्राथमिकता नदिइएको र सरकारी निकायहरूले लिखित जवाफ पठाउँदा महान्यायाधिवक्ताको कार्यालय वा मातहतका सरकारी वकिलको कार्यालयसँग समन्वय नगर्ने गरेको परिणामस्वरूप सरकारी मुद्दामा असफलता प्राप्त हुने गरेको जानकारी महान्यायाधिवक्ता श्रेष्ठले गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक पनि अवलोकनमा हुनुहुन्थ्यो ।
बारपाकलाई पर्यटकीय स्थल बनाइने
यसैबीच राससका अनुसार प्रधानमन्त्री दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीय स्थल बनाउन पहल गरिने बताउनुभएको छ ।
बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले “ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनःनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रबिन्दु बनेको बारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल
गर्नेछु” भन्नुभयो ।

गोरखाका सांसदद्वय कृष्ण धिताल र छमबहादुर गुरुङ एवं पूर्व सांसद अम्बर गुरुङको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र पेस गर्दै जिल्लाको विकास निर्माणमा ध्यान दिन अनुरोध गरेको स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो ।
त्रिविका गतिविधिबारे जानकारी
यसैबीच त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आइतबार प्रधानमन्त्री दाहालसँग सिंहदरबारमा भेट गरी विश्वविद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् ।
विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँको नेतृत्वमा गएको टोलीले त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिँदै विश्वविद्यालयको गतिविधिबारे अवगत गराएको हो ।
सो अवसरमा विश्वविद्यालयका पदाधिकारीले संसारकै ठूलो विश्वविद्यालयका रूपमा छवि बनाएको त्रिविलाई थप प्रवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयको छवि र गरिमालाई थप उचाइमा पु¥याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
विश्वविद्यालयको चासोप्रति प्रधानमन्त्री अत्यन्तै सकारात्मक रहेको र सरकारले गर्नुपर्ने सबै खालका सहयोग गर्न उहाँले तत्परता देखाउनुभएको भेटपछि उपकुलपति खनियाँले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“संसारकै ठूलो विश्वविद्यालयप्रति सरकारको विशेष ध्यान जाओस्, विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्राज्ञिक दृष्टिकोणबाट होस्, त्यसका लागि प्रधानमन्त्रीबाट दलहरूसँग संयोजन गरी सकारात्मक सहयोग र सद्भाव प्राप्त होस् भनी अनुरोध गर्दा सबै विषयमा प्रधानमन्त्री सकारात्मक रहेको पायाँै”, उपकुलपति खनियाँले भन्नुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget