भारतको आसामको कोकराझारमा ग्रेनेड हमला भएको छ । शुक्रबार आसामको बालजान मार्केटमा हमला हुँदा १४ मानिसहरुको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका छन् ।
यस तरकारी बजारमा अहिले पनि फायरिंग जारी रहेको दैनिक भाष्करले बताएको छ । स्रोतका अनुसार ७/८ जनाको संख्यामा रहेका हमलाकर्ता अटोरिक्साबाट बजारमा छिरेका थिए । उनीहरुसँग एके४७ जस्ता हतियार छन् ।
अहिले हमलाकर्ता र सुरक्षा बलबिच दोहोरो फायरिङ चलिरहेको बताइएको छ । एक हमलाकर्ताको मृत्यु भएको स्रोतले दाबी गरेको छ ।-एजेन्सी
Post a Comment