Websoft University

www.radiomakalu.com || 021-522512


माछाको तेल हृदयघात भएकाको लागि फाइदाजनक एजेन्सीको सहयोगमा



काठमाडौ,साउन १९ गते । हृदयाघातका विरामी जसले छ महिनासम्म माछा तेलको सप्लिमेन्ट उच्च मात्रामा लिए, उनीहरुको मुटुले राम्ररी काम गरेको तथा त्यसमा दाग कम देखिएको अनुसन्धानबाट पत्ता लागेको छ ।



ओमेगा-३ नामक फ्याट्टी एसिडको सप्लिमेन्टले यो समस्या कम गर्न कसरी सहयोग पुर्‍यायो भन्ने यकिन जानकारी नभएपनि यसबाट आएको नतिजा उत्साहजनक रहेको अध्ययनका वरिष्ठ लेखक डा. रेमण्ड कोङ्ग बताउँछन् । उनी ब्रिमिङ्गहाम तथा उमन्स अस्पतालस्थित कार्डियाक मेग्नेटिक रिसोनेन्स इमेजिङ्गका निर्देशक हुुन् ।

उनको अध्ययनमा ३६० जना हृदयाघातका विरामीलाई छ महिनासम्म निगरानीमा राखिएको थियो । उनीहरुमध्ये आधालाई छ महिनासम्म चार ग्राम ओमेगा-३ नामक फ्याटी एसिडको सप्लिमेन्ट दिइएको थियो भने बाँकी आधालाई प्लेसबो पिल्स दिइएको थियो ।

त्यसमध्ये टि्रग्लिस्लेराइड (एक प्रकारको रगतमा पाइने बोसो) का विरामीलाई मात्र चिकित्सकले दिनमा एक देखि दुई ग्राम ओमगा-३ फ्याटी एसिडको सप्लिमेन्ट प्रदान गरेको थियो, क्वाङ्गले भने ।

अध्ययनका क्रममा अनुसन्धानकर्ताले मुटुको एमआरआईद्धारा के पत्ता लगाएका थिए भने दैनिक चार ग्राम ओमेगा -३ फ्याटी एसिडको प्रयोगले विरामीको मुटुको गति तथा मुटुको नबिग्रेको अंगमा भएको दाग (स्कारिङ्ग) दुवैमा छ प्रतिशतले सुधार आएको थियो ।

‘थप अध्ययनका लागि हामीलाई अब के अध्ययन गर्न जरुरी छ भने ओमेगा-३ को अधिक सेवनले मृत्युदरलाई कसरी कम गर्न सक्छ । हामीले हृदयलाई छ प्रतिशतले सुधार र छ प्रतिशतसम्म दाग कम गर्ने भन्दा अरु के सुधार गर्न सक्छौ ?’, क्वाङ्गले प्रश्न गरे ।

क्यालिफोर्निया, लस एञ्जलसस्थित क्यालिफेार्निया विश्वविद्यालयका कार्डियोलोजी प्राध्यापक डा. ग्रेग फोनारोले पुर्व अध्ययन जसमा हृदयाघात पश्चात्त विरामीलाई ओमेगा -३ फ्याटी एसिडको कम डोज दिइएको थियो, त्यसमा मिश्रति परिणाम देखिएको छ । र ओमगा-३ फ्याटी एसिडले कसरी विरामीको हृदयमा सुधार गर्न सक्छ भन्ने विषय ‘वृहत वहसको विषय बनेको छ’, उनले भने ।

‘(नयाँ) अध्ययनले दिएको सुझाव अनुसार दैनिक चार ग्राम आमेगा-३ फ्याटी एसिडको सप्लिमेन्टले हृदयघात पश्चात्त मुटुलाई पुरानै अवस्थामा ल्याउन मद्दत गर्छ र थप अध्ययन गर्न अनुमति दिन्छ’, फरानोले भने ।

कोङ्गले ओमगा-३ फ्याटी एसिड तथा हृदयाघात निको पार्ने बारे गरिने अध्ययनले उच्च डोजले किन सकारात्मक परिणाम उत्पादन गर्छ भन्ने पत्ता लगाउने विश्वास गरे ।

उनले सुधारिएको एमआरआई प्रविधिमार्फत हृदयको गति र माशंपेशीको विगि्रएको भाग नजिकबाट नियाल्न सम्भव भएकोले थप अध्ययन गर्न प्रेरित भएको बताए ।

ओमेगा -३ फ्याटी एसिडले मुटुलाई सजिलोसित खुम्चन तथा मुटुको सुन्निएको भागलाई कम गर्न मद्दत गर्ने कोङ्गलेे उल्लेख गरे ।
माछाको तेल परापुर्व कालदेखि उच्च रक्तचाप कम गर्न, जलन तथा सुन्निएको कम गर्न, अनियमित धडकनलाई नियमित गराउन तथा रगत जम्ने समस्या कम गर्न मानिसहरुले प्रयोग गर्दै आइरहेका छन् ।

साल्मन, टुना, ट्राउट, सार्डिन्स लगायतका माछा ओमगा-३ को राम्रो स्रोत भएको अमेरिकन मेडिकल एशोसियसनले जनाएको छ । ओमेगा-३ नामक माछाको तेलमा शरीरलाई आवश्यक पर्ने फ्याटी एसिड पाइन्छ, जुन आफै उत्पादन हुँदैन ।

ओमेगा-३ को अधिक सेवनले हृदयघातको असरलाई कम गर्न सक्छ भन्ने गरिएको खोज रिस उठ्दो छ, कोङ्गले भने, यद्यपी यस अनुसन्धानले उच्च डोजको ओमेगा-३को प्रयोगले हृदयघात पश्चात्त हुने मृत्युको जोखिमलाई कम गर्न सक्छ भनेर प्रमाणित गर्न यो डिजाइन तयार पारिएको हैन ।

‘हाम्रो अध्ययन मृत्यसँग सम्बन्धित छैन’, कोङ्गले विस्तृतमा भने ,’ यो समग्रमा माछाको तेलबारे बुझन् र मुटुलाई सुधारिएको एमआरआई प्रविधिमा गरिएको एउटा प्रयोग थियो । यसले थप अध्ययनका लागि अवसर खोलेको छ’ ।

भविष्यमा ओमेगा-३ बारेको अध्ययन जसरी बाहिर आएपनि, हृदयाघातका विरामीले आˆनो खानपानमा विशेष ध्यान दिन, व्यायाम गर्न तथा तनाव कम गर्ने उपाय अपनाउन अझै पनि जरुरी रहेको कोङ्ग बताउँछन् । मानिहरुले यस्ता सप्लिमेन्ट लिनु पुर्व आˆना चिकित्सकसित परामर्श गर्नु आवश्यक छ ।

अमेरिकाको नेशनल हार्ट, लंग्स तथा व्लड इन्स्टिच्युडको आर्थिक सहयोगमा गरिएको यो अध्ययन ‘सर्कुलेशन’ नामक जर्नलमा अगस्ट २ मा प्रकाशित छ ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget