Websoft University

www.radiomakalu.com || 021-522512


जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि



म्याग्दी (बेनी), साउन २२ गते । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भएको छ ।

केही समय अघिसम्म कीटनाशक औषधि र रासायनिक मल प्रयोग गरी खेती गर्ने यहाँका कृषक माटोको उर्वराशक्ति ह्रास हुँदै गएपछि कृषिजन्य उत्पादन (अन्न,फलफूल र तरकारी) मा कमी आएकाले रासायनिक मल प्रयोग गर्न छोडी जैविक मलतर्फ आकर्षित भएका हुन् ।

स्थानीयस्तरमा ‘गीति’ मलको नामले चिनिने जैविक मल र गाईवस्तुको गहुँतबाट बनाइएको जैविक औषधि प्रयोग गर्न थालेपछि तरकारी, फलफूल र अन्नबालीको उत्पादन दोब्बर वृद्धि भएको ज्यामरुककोटका कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । स्थानीयस्तरमा पाइने टिमुर, मरोटी, खुर्सानी, लसुन, वनमारा र खिर्राको मुन्टाजस्ता झारपातलाई गाईवस्तुको गहुँतमा १५ दिनसम्म प्लास्टिकको ड्रममा बन्द गरी राखेपछि कुहिएर जैविक मल तयार हुने कृषकले बताएका छन् ।
जैविक मलको प्रयोगले उत्पादनमा वृद्धि मात्र होइन उत्पादित वस्तुको स्वादमा पनि निकै भिन्नता आउने र पौस्टिक पनि हुने जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्याम क्षेत्रीले बताउनुभयो । ‘त्यतिमात्र होइन, जैविक मल र विषादीले खेतबारीमा लगाइएको बालीमा रोग र कीरासमेत नियन्त्रण गर्ने हुँदा उत्पादन बढ्छ ।’ प्राविधिक क्षेत्रीले भन्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget