Websoft University

www.radiomakalu.com || 021-522512


संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छ–डा भट्टराई



तनहुँ, साउन ३१ गते । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले भन्नुभयो – “संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ ।”

तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ, डा भट्टराईले भन्नुभयो – “कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ ।”

म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्छ उहाँले भन्नुभयो ।

संविधान बनेपछि सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने उहाँको धारणा थियो ।

सञ्चारकर्मीको एक जिज्ञासमा उहाँले भन्नुभयो – “नयाँ शक्ति नेपाल सङ्गठन विस्तारकै क्रममा रहेको र आगामी तीन महिनाभित्र अहिले रहेको सदस्य सङ्ख्याको दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य राखेको छ ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई सुनिश्चित गरेर संरक्षित र विशेष क्षेत्रहरुलाई पुरानो शैलीबाट हटाएर लैजानुपर्छ उहाँले भन्नुभयो – “विकास निर्माण र आर्थिक क्रान्ति गर्नु नै नयाँ शक्तिको मुख्य एजेन्डा हो ।”

डा भट्टराई ४ नं प्रदेशको अन्तर संवाद कार्यक्रमका लागि तनहुँ आउनुभएको बताइएको छ । प्रेस सोसाइटी तनहुँ शाखाका संयोजक उज्ज्वल पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget