Websoft University

www.radiomakalu.com || 021-522512


भागबन्डाका आधारमा मन्त्री छान्नु गलत: केसी



नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताएका छन्।

भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको नबाैं स्मृति दिवसको अवसरमा श्यामबहादुर स्मृति प्रतिष्ठानले शनिवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण, एवम् रक्तदान कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने,'पदको भागबन्डा गर्ने होइन, व्यक्तिको योग्यता, क्षमता, जनप्रियता र अनुभवको आधारमा मन्त्री छानिनुपर्छ, पार्टीभित्र सहमति र संवादबाट वरिष्टता, मर्यादा र हैसियतलाई मिलाएर लानुपर्छ।'

आफूले पाएकोमन्त्री पद किन स्वीकार नगरेको भन्ने चासो विभिन्न तहबाट राखिएको चर्चा गर्दै नेता केसीले पद भन्दा जनसेवा ठूलो भन्ने लागेर त्यसलाई स्वीकार नगरेको स्पष्ट पारे।

नेता केसीले भने,'रक्षा मन्त्रालय जनतासँग नजिक राख्ने, जनतासँग घुलमिल हुने मन्त्रालय होइन, त्यहीँ भएर म गइन, मैले जनताको सेवा गर्ने मन्त्रालय रोजेको हो।'



कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेस नेता रामप्रसाद दवाडीलगायतले सरकारले जनताको मन जित्ने काम गर्नुपर्ने बताएका थिए। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget