Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस, माओवादी र संघीय गठवन्धनबीच तीनबुँदे सहमति

Laxman-Lal-Karna

काठमाडौं,साउन १८ गते । सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठवन्धनसँग तीनबुँदे सहमति गर्ने भएका छन् ।

तीन दलको कार्यदलस्तरमा सहमतिको मस्यौदा तयार भएको छ । अब शीर्ष नेताहरु बसेर अन्तिम रुप दिने र हस्ताक्षर गर्ने वार्तामा सहभागी नेताहरुले बताएका छन् ।

कार्यदल सदस्य राजेन्द्र श्रेष्ठका अनुसार मस्यौदामा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने समयसीमा तोकिएको छैन । यसबारे निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिइएको छ ।

कार्यदलले तयार पारेको सहमतिको मस्यौदाको पहिलो बुँदामा संघीय गठवन्धन/मधेसी मोर्चाले उठाएका मागका सन्दर्भमा तत्काल सम्बोधन गर्न सकिने मागहरु क्याविनेटबाट सम्बोधन गर्ने उल्लेख छ ।

दोस्रोबुँदामा संविधानका सन्दर्भमा गठवन्धनले २६ र मोर्चाको ११ बुँदे मागलाई सन्दर्भ मानेर चाँडो भन्दा चाँडो सीमांकन लगायतका विषयमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने उल्लेख छ ।

तेस्रो बुँदाका कांग्रेस र माओवादीले प्रस्ताव गरेका प्रधानमन्त्रीका उम्मेदवारलाई मत दिने उल्लेख छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget