Websoft University

www.radiomakalu.com || 021-522512


टेष्ट क्रिकेटमा पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा

Pakistan-Cricket-Team

पाकिस्तानी क्रिकेट टोली टेष्ट क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसीले सन् २००३ देखि टेष्ट बरियाता लागु गरेपछि पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो ।

भारत र वेष्ट इण्डिजबीचको अन्तिम टेष्टमा बर्षाका कारण नतिजा आउन नसकेपछि पाकिस्तानले भारतलाई प्रतिस्धापन गर्दै टेष्ट बरियाताको शीर्ष स्थान कब्जा जमाएको हो । पाकिस्तानले सुरक्षाका कारण गएको ६ बर्षदेखि घरेलु मैदानमा टेष्ट खेल्न पाएको छैन ।

पाकिस्तानले हालै इंग्ल्याण्डसागको टेष्ट शृङखला बराबरी गरेको थियो । बरियाता सुरु भएपछि शीर्ष स्थानमा पुग्ने पाकिस्तान पााचौं टोली हो ।

‘हाम्रा लागि टेष्ट क्रिकेटको शीर्ष स्थानमा पुग्नु गन्तब्य होइन तर हाम्रो यात्राको एक पक्ष भने पक्कै हो, त्यसैले हामी खुसी छौं ।’ पाकिस्तानी कप्तान मिसबाह उल हकले प्रतिक्रिया दिए ।

११० अंकसहित भारत बरियाताको दोस्रो स्थानमा झरेको छ । इंग्ल्याण्ड र अष्ट्रेलिया समान १०८ अंकका साथ संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget