Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधनबारे एमालेले ‘पोजिसन’ बनाउँदै

स्थायी कमिटी बैठकमा प्रदेश कमिटी गठनको एजेण्डाUML-Party-Office
काठमाडौं,साउन ३० गते । सरकारले मधेसी मोर्चाको मागबमोजिम संविधान संशोधनको मस्यौदा संसदमा लैजाने गरी तयारी गरेको भनिरहेका बेला एमालेले त्यसबारे आफ्नो ‘पोजिसन’ बनाउने भएको छ ।

एमाले स्थायी कमिटी बैठकले संविधान संशोधनको सन्दर्भमा पार्टीको पोजिसन प्रष्ट पार्न लागेको हो । शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक आज अपरान्ह बस्ने भएको छ ।

संविधान संशोधनलाई सरकारका उपप्रधानमन्त्री र सत्तारुढ गठबन्धनका कतिपय नेताले सन्देहास्पद ढंगले उठाएको भन्दै एमालेले यसबारे प्रष्ट धारणा बनाउन लागेको उपाध्यक्ष भीम रावलले बताए ।

रावलले भने- हामीले संविधान संशोधनका बारेमा अहिले सरकारका मन्त्री र कतिपय नेताका भनाइ सुनिरहेका छौं । उनीहरुको नियत ठीक देखिँदैन । संविधान संशोधन औचित्यका आधारमा मात्र हुनुपर्छ भन्ने एमालेको धारणा हो ।

बैठकले संविधान संशोधनलगायत अरु नियमित एजेण्डाहरुमा पार्टीको दृष्टिकोण बनाउने सचिव गोकर्ण विष्टले बताए । बैठकले स्थानीय निकायहरुको गठनमा पार्टीको धारणा समेत बनाउने विष्टले बताए ।

उनका अनुसार एमाले स्थानीय निकायको सीमा निर्धारणसम्बन्धी अहिलेको आयोगले दिएको सुझावका आधारमा छलफल गर्न तयार छ । त्यस्तै आजको बैठकमा प्रदेश कमिटी गठन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने विषयमा पनि छलफल हुने उनले बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget