स्वर्णपदक जितेपछि खुसी मनाउँदै ब्राजिलका खेलाडीहरु । तस्वीर: केभिन लिम
काठमाडौं,भदौ ५ गते । नेयमारको विजयी पेनाल्टीसँगै जर्मनीलाई हराउँदै ब्राजिलले रियो ओलम्पिक अन्तरगत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।
पाँच पटकको विश्व विजेता ब्राजिलले ओलम्पिकको फुटबलमा स्वर्ण जितेको यो पहिलो पटक हो ।
घरेलु टोली ब्राजिलले जर्मनीलाई पेनाल्टीमा ५-४ ले हरायो । र, दुई वर्ष अघि विश्वकपको सेमिफाइनलमा व्यहोेरेको ७-१ को हारको बदलासमेत लिएको छ ।
निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुट आउटमा जर्मनीका निल्स पिटरसनको प्रहार ब्राजिलका किपरले रोके ।
ब्राजिलका लागि कप्तान नेयमारले विजयी गोल गरे ।-अनलाइनखबरबाट

Post a Comment