Websoft University

www.radiomakalu.com || 021-522512


आइतबार बिहान ९ बजेसम्मः २ स्वर्णसहित अष्ट्रेलिया अगाडि अमेरिका तेस्रो र चीन एघारौं

रियो ओलम्पिकमा अहिलेसम्म कुन कुन देशले जिते पदक

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अहिलेसम्म १२ राष्ट्रले स्वर्ण पदक जितेका छन्।

२० राष्ट्रले पदक जितेकोमा आइतबार नेपाली समय अनुसार बिहान ९ बजेसम्म २ स्वर्ण र १ काँस्यसहित अष्ट्रेलिया पदक तालिकाको शीर्ष स्थानमा छ।

यस्तै २ स्वर्ण जितेको हंगेरी दोस्रो र १ स्वर्ण ४ रजतसहित अमेरिका तेस्रो स्थानमा छ।

१ स्वर्ण र एक रजत जितेको दक्षिण कोरिया चौथो, १ स्वर्ण र चार कास्य जितेको जापान पाँचौ स्थानमा छन्।

अर्जेन्टिना, बेल्जियम, रुस, थाइल्याण्ड र भिएतनामले पनि आ-आफ्नो खातामा स्वर्ण पदक जितेका छन्।

अहिलेसम्म दुई रजत र तीन कास्य गरी ५ पदक जितेको चीनले स्वर्ण भने जित्न सकेको छैन।

रियो ओलम्पिक २०१६ को पहिलो स्वर्ण पदक अमेरिकाकी गिन्नी थ्रेशरले जितेकी हुन्। उनले महिला तर्फको १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन्।

यस्तै भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन्।-सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget