Websoft University

www.radiomakalu.com || 021-522512


भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार



नयाँ दिल्ली – भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।

स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका हुन्।

चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गर्नुभएको थियो । इस्लामाबादस्थित भारतीय राजदूतलाई बुधबार चौधरीद्वारा वार्ताका प्रस्ताव गरिएको पत्र बुझइएको समाचारमा उल्लेख छ ।

अगस्त १९ को मिति भएको पाकिस्तानी विदेश सचिवद्वारा वार्ताको प्रस्ताव गरिएका सो पत्र राजदूतलाई बुधबार बुझाइएको बताइएको छ ।

दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको थियो ।

केही समयअघि भारत अधिनस्थ कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक केटा मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै अवस्थामा यो प्रस्ताव गरिएको छ ।-
रासस/सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget