Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय राज्य महराष्ट्रमा एक पुल भत्किदा २२ बेपत्ता



नयाँ दिल्ली – भारतीय राज्य महाराष्ट्रको एक राजमार्गमा रहेको पुल भत्किदा कम्ती २२ व्यक्ति बेपत्ता भएका छन् ।

बुधबार बिहान भएको यस घटनामा राज्यद्धारा सञ्चालित दुई वटा बसमा सवार रहेका २२ व्यक्ति बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।


केही दिनयता परेको अबिरल बर्षाको कारण सो पुल भत्किँएको बताइएको छ । मुम्बइ सहरबाट ६३ किलोमिटर दक्षिणमा पर्ने एक राजमार्गमा यो घटना भएको हो ।

सो दुर्घटनामा दुईवटा बसमा रहेका २२ व्यक्ति ५० फिट गहिराईमा खसेको राइगढ जिल्लाका प्रहरी निरीक्षक सन्जय पाटिलले एएफपी समाचार समाचार समितिलाई बताएका छन ।

उद्धारकार्य जारी रहेको तर सो दुर्घटनामा परेका एक पनि व्यक्तिलाई उद्धार भने गर्न नसकिएको भारत प्रकोप व्यवस्थान निकायका प्रमुखले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

गत अप्रिलमा कोलकतामा निर्माणधीन अवस्थामा रहेका आकाशेपुल भत्किँदा २६ व्यक्तिको मृत्यु भएको थियो ।

हरेक बर्ष मौसमी बर्षाको कारण आउने बाढी, पहिरो र अन्य बर्षासँग सम्बन्धित घटनामा भारत छिमेकी राष्ट्र नेपाल र बङ्गलादेशका सयौं व्यक्तिका मृत्यु हुने गरेको छ ।-रासस/एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget