Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी र विद्यार्थीबीच झडप


 
 
काठमाडौं, साउन ३० गते महाधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपा घेराउ गर्न गएको नेपाल विद्यार्थी संघको समूह र प्रहरीबीच झडप भएको छ। 
 
पार्टी कार्यालय छिर्न गएका करिब चार सय विद्यार्थीलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो। त्यसक्रममा प्रहरीलाई विद्यार्थीले ढुंगा हानेका थिए। 
 
अहिले प्रहरीले विद्यार्थीलाई लखेटिरहेको छ। पार्टी कार्यालय घेर्न गएका विद्यार्थी सडकमा छन्। सानेपा सडक नै अवरुद्ध भएको प्रहरीले जनाएको छ। महाधिवेशन स्थगित गर्न माग गर्दै विद्यार्थीले नाराबाजी गरिरहेका छन्। 
 
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ। प्रतिनिधि सूची हेरफेर भएर सार्वजनिक भएको भन्दै पौडेल पक्षले बिरोध गरिरहेको छ। 

 
  - सेतोपाटिबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget