Websoft University

www.radiomakalu.com || 021-522512


अन्तिम समयमा किन भाँडियो दुई राप्रपाबीचको एकता घोषणा ?



काठमाडौं,साउन २५ गते ।आज मंगलबारको लागि तय भएको राप्रपा नेपाल र राप्रपाबीचको एकता घोषणा कार्यक्रममा अन्तिम समयमा भाँडिन पुगेको छ ।

सोमबार राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले प्राविधिक तयारी पूरा नभएको दाबी गर्दै तत्काल एकता गर्न नसकिने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराएसँगै एकता भाँडिएको हो । । उनको सो निर्णयको पार्टीभित्रकै लोकेन्द्रबहादुर चन्द समुहले समेत तीब्र विरोध गरेको बताइएको छ ।

राणाको निर्णयको पार्टीभित्रै बाट आलोचना भइरहेको बेला राप्रपा नेपालले पनि अन्तिम समयमा एकता नगर्ने निर्णय गरिनुलाई दुःखद भएको प्रतिक्रिया दिएको छ ।

kamal pashupati


कसरी भाँडियो एकता ?
विभिन्न स्रोतहरुका अनुसार एकता भाँडिनुमा नेताहरुबीचको शक्तिको लडाई, विदेशी प्रभाव र सरकारमा सहभागिताको विषय मुख्य हो ।

राप्रपाका केन्द्रीय सदस्य बसन्तमान सिंह अधिकारीले देशभरका कार्यकर्ताहरुको चाहना एकता भएपनि राणाले एकता हुन नसक्ने भन्दै एकपक्षीय निर्णय गराएका बताए ।

सोमबार पार्टी कार्यालय चावहिलमा बसेको राप्रपाको बैठकमा वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, महामन्त्री बुद्धिमान तामाङलगायतका नेताहरुले एकता हुनुपर्ने बताएपनि राणाले त्यसलाई अस्वीकार गरेका थिए । राणाले जसरी पनि एकता प्रक्रिया पर सार्ने अडान लिएको र पार्टीबाट प्रचण्ड नेतृत्वको सरकारमा दीपक बोहरा र विक्रम पाण्डेलाई मन्त्री बनाउने निर्णय गराएपछि चन्द समुहले बैठक नै बहिस्कार गरेको अधिकारीले बताए ।

सो अघि आइतबार राती राणा र भारतीय राजदूत रञ्जित रेबीच भेटवार्ता भएको थियो । उक्त भेटपछि राणाले दुई पार्टीबीच सम्पूर्ण तयारी भएपनि प्राविधिक कारण देखाउँदै तत्काल एकता हुन नसक्ने बताएको स्रोतको दाबी छ ।
राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाका अनुसार सोमबार बिहान एकता प्रक्रिया सार्न आग्रह गर्दै कमल थापालाई राणाले आग्रह गरेका थिए । तर थापाले एकता प्रक्रिया रोक्न नसक्ने भन्दै त्यसो गरिए कार्यकर्तामाथि ठूलो धोका हुने जवाफ दिएका थिए ।

उनले राणालाई एकता र सत्तामध्ये एक रोज्न विकल्प समेत दिएको बर्तौलाले बताए ।

थापाले एकता घोषणा सभा सार्न नसक्ने बताएपछि राणाले दिउँसो केन्द्रीय सम्पादन समितिको बैठक राखी पार्टीबाट पाण्डे र बोहरालाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गराएका थिए भने मंगलबारको एकतासभामा कोहि पनि सहभागि नहुन निर्देशन थिए ।

राप्रपा नेपालले मंगलबार बिहानको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने दिउँसो एक बजेको लागि पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ । दुई राप्रपाबीच साउन २२ गते भएको सहमतिअनुसार मंगलबार पार्टी एकता घोषणासभा गर्ने सहमित थियो ।तर, राप्रपाको निर्णयसँगै मंगलबार राष्ट्रिय सभागृहमा तय गरिएको कार्यक्रम रद्द गरिएको छ।

राप्रपा नेतालका प्रमुख सचेतक दिलनाथ गिरीले राणाले एकाएक एकता प्रक्रिया नचाहनु रहस्यमय भएको टिप्पणी गरे । उनले राप्रपाको निर्णयले एकताको पक्षमा रहेका नेता कार्यकर्ता स्तब्ध भएको समेत प्रतिक्रिया दिए ।

राप्रपाका सहप्रवक्ता किरण गिरीले मंगलबार एकता घोषणा सभाको तयारी भएको भएपनि अध्यक्षले प्राविधिक तयारी पूरा नभएसम्मका लागि घोषणासभा रोक्न प्रस्ताव गरेको आफूले थाहा पाएको रातोपाटीलाई प्रतिक्रिया दिए ।

यस्तै राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले राप्रपाबाट गैरजिम्मेवार धारणा आउनु आचर्यजनक भएको बताए । उनले राप्रपाले अन्तिममा धोका दिन खोजेको भन्दै अब एकता प्रक्रियालाई अगाडि बढाउने या अन्त्य गर्ने भन्नेविषयमा मंगलबार बस्ने बैठकबाट टुंगो लगाइने बताए ।

राप्रपा नेपालले मंगलबार बिहानको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने दिउँसो एक बजेको लागि पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ । दुई राप्रपाबीच साउन २२ गते भएको सहमतिअनुसार मंगलबार पार्टी एकता घोषणासभा गर्ने सहमित थियो ।तर, राप्रपाको निर्णयसँगै मंगलबार राष्ट्रिय सभागृहमा तय गरिएको कार्यक्रम रद्द गरिएको छ।

राप्रपा र राप्रपा नेपालबीच एकताबारे ९ बुँदे आधारपत्र तय भएपछि एकताको पक्षमा माहोल बनेको थियो । उक्त आधारपत्र दुबै पार्टीको केन्द्रीय समितिको बैठकले पास भएसँगै साउन २२ गते थापा र राणाबीच एकता गर्ने सम्बन्धमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएसँगै राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्ले र राप्रपा नेपालका महामन्त्री उद्धव पौडेलले सभागृहमा कार्यक्रम गर्ने चाँजोपाँचो मिलाएका थिए । कार्यक्रममा बोल्ने वक्ता देखि आसनग्रहण गराउने व्यक्ति समेत तय गरिएको अवस्थामा एकता घोषणा भाँडिएको राप्रपा नेपालका केन्द्रीय सदस्य बर्तौलाले दाबी गरे । उनले अन्तिम समयमा आएर एकताबाट राप्रपा अध्यक्ष पछि हट्नु लज्जाको विषय भएको टिप्पणी गरे ।


राप्रपाको विज्ञप्तीपछि राप्रपा नेपालको पनि विज्ञप्ती

सोमबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि एक विज्ञप्ती जारी गर्दै राप्रपा अध्यक्ष राणाले अन्तरिम विधानका अन्तरबस्तुहरुमा थप छलफल गर्न आवश्यक रहेकाले मंगलबारे पार्टी घोषणा हुन नसक्ने बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘राप्रपा एकतामा कटिबद्ध छ । तर एकताका लागि अन्तरिम विधानका अन्तरबस्तुहरुमा थप छलफल र सहमति आवश्यक देखिएकाले हामी दुबै दललाई एकता प्रक्रिया सफल पार्न सन्तुलित विधानमा सहमति हुनु अपरिहार्य छ ।’

उनले एकता घोषणासभा नहुने भन्दै कोहि पनि नेता कार्यकर्तालाई सभामा सहभागि नहुन आह्वान समेत गरेका छन् ।

राप्रपाले तत्काल एकता हुन नसक्ने बताएपछि राप्रपा नेपालले दुःख व्यक्त गरेको छ । ‘देशको एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ राप्रपा नेपाल र राप्रपाबीचको एकीकरण घोषणा गर्ने दुबै पक्षको सहमतिमा मिति र स्थान समेत घोषणा भई सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अवस्थामा राप्रपा अध्यक्षले एक पक्षीय रुपमा कार्यक्रम स्थगित गर्र्नु भएको समाचारले हामी स्तब्ध भएका छौं’, राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले सोमबार साँझ जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


विज्ञप्तीमा एकीकरण घोषणाको कार्यक्रम एकाएक राप्रपाले अवरुद्ध गर्दा आफ्नो पार्टीलाई आश्चर्य लागेको भन्दै राप्रपा नेपालले विधानलगायत प्राविधिक विषयलाई कारण बनाएपनि त्यसमा कुनै समस्या नरहेको दाबी गरिएको छ ।

व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो दल हो भने उसका पार्टीकातर्फबाट २५ सांसद रहेका छन् यस्तै राप्रपा सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट उसको १२ सांसद छन् ।


राप्रपा गणतन्त्र स्वीकार गरिसकेको पार्टीको भने राप्रपा नेपालले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको छ । यद्यपी दुबै पार्टीमा पूर्वपञ्चहरुको बाहुल्यता रहेको छ ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget