Websoft University

www.radiomakalu.com || 021-522512


उच्च रक्तचापलाई बिना औषधी यसरी उपचार गर्नुहोस्

high-bp-treatment1

उच्च रक्तचाप भएकाहरुलाई आफ्नो रक्तचापमा कसरी कमी ल्याउने भन्ने कुराले पिरोलिरहेको हुन्छ । जसका कारण उनीहरु औषधीको सेवन गर्दछन् । रक्तचाप कम हुने वा बढ्ने यो विषय तपाईंको जीवनयापनसँग सम्बन्धित छ ।

यदि तपाईंले आफ्नो जीवनशैली परिवर्तन गरेर आफ्नो रक्तचापलाई नियन्त्रणमा ल्याउन सक्नुहुन्छ भने तपाईंले पक्कै पनि औषधीको सेवन गर्नुपर्दैन ।

सकारण आफ्नो जीवनशैलीलाई यसरी परिवर्तन गर्नुहोस् जसले गर्दा तपाईंको रक्तचापमा कमी आउँछ र तपाईं स्वस्थ जीवन जिउनसक्नुहुन्छ ।

आफ्नो अतिरिक्त तौल घटाउनुहोस्ः
तपाईंको तौल बढेसँगै तपाईंको रक्तचापमा पनि वृद्धि हुने सम्भावना दोब्बर हुन्छ । ४.५ केजी तौल घट्दा मात्र पनि तपाईंको रक्तचापमा चमत्कारिक रुपमा कमी आउँछ । तपाईंले रक्तचाप घटाउन औषधीको प्रयोग गरिसक्नुभएको छ भने पनि तौल घटाउँदा तपाईंले खाएको औषधीले विशेष रुपमा काम गर्न सहयोग गर्छ । आफ्नो तौल निर्धारण गर्न तपाईंले डाक्टरको सल्लाह पनि लिन सक्नुहुन्छ ।

स्वस्थ खाना खानुहोस्ः
आफ्नो खानामा गेडागुडी, फलफुल, हरियो सागपात, फ्याट कम भएका डेरी उत्पादनहरु समावेश गर्नुहोस् । तालिका बनाएर खाना खाने गर्नुहोस् । पोटासियम बढि भएका खानेकुराहरु खानुहोस् । सप्लिमेन्टको सट्टा फलफुल र तरकारी खानुहोस् ।

सोडियमको प्रयोग घटाउनुहोस्ः
यदि तपाईंले आफ्नो खानामा सोडियमको मात्रा अलिकति मात्र पनि कम गर्नुभयो भने तपाईंको रक्तचाप २ देखि ८ एमएम एचजी घट्नेछ । एक दिनमा २ हजार ३ सय मिलिग्राम सोडियममात्र खानुहोस् । खानामा नुनको मात्रालाई पनि कम गर्नुहोस् । प्याक गरेका खानेकुराको लेबल पढ्नुहोस् र जसमा कम सोडियम छ त्यो मात्र छान्नुहोस् ।-   ओन्ली माई हेल्थ,  रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget