Websoft University

www.radiomakalu.com || 021-522512


‘जनयुद्धमा मारिएका र वेपत्ता परिवारका नाममा माओबादी कार्यकर्तालाई ५ लाख बाड्दै सरकार’

prachanda

काठमाडौं,साउन ३२ गते ।सरकार परिर्वतनसंगै दोस्रो पटक प्रधानमन्त्री भएको माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको दबाबमा साउन २० मा बसेको मन्त्री परिषद् बैठकले यो रकम दिने निर्णय गरेको थियो । सरकारले जनयुद्धमा मृत्यु भएका तथा वेपत्ता पारिएकाहरुको परिवारलाई पूर्वघोषणा गरेको बाहानामा आफ्ना कार्यकर्तालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आज सहिद एवं वेपत्ता योद्धा परिवारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले, ‘विगतका सरकारहरुले निर्णय गरी कार्यान्वयन गर्न बाँकी सहिद एवं वेपत्ता र द्वन्द्वका क्रममा मृत्यु भएका मृतकका परिवारलाई दिन बाँकी रकम उपलब्ध गराउन पूर्व निर्णय अनुसार बाँकी ५ लाख दिने निर्णय भएको बताएका थिए ।

उनले भने, ‘जनयुद्धका सहिदहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो । अहिले जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु ।’

बजेटमा माओवादीसंग भएको सहमति अनुसार बजेट नआएको भन्दै संसदमा नै माओबादी सभासदहरुले प्रश्न उठाएका थिए । बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पूर्वघोषणाअनुसार रकम दिने बताएका थिए । तर, त्यसको स्रोत बजेटमा व्यवस्थापन भएको थिएन त्योसंगैबजेट कार्यान्वयन गर्न नपाउँदै ओली सरकार ढल्यो र, प्रचण्ड प्रधानमन्त्री भएका छन् ।

माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाँकी पाँच लाख नगद दिनुको साटो कुनै जलविद्युत आयोजनामा शेयर दिने घोषणा भएको थियो । तर, यो निर्णय चौतर्फी आलोचना गरेसंगै कार्यान्वयन भएको थिर्एन्न् ।०६५ मा प्रचण्ड सरकारले १० लाख दिने निर्णय गरेपनि ५ लाखभन्दा बढी पाएका छैनन् । केहीले त यो ५ लाख पनि नपाएको गुनासो गर्दै आएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget