Websoft University

www.radiomakalu.com || 021-522512


स्यूचाटारस्थित विद्युत प्राधिकरणको सब स्टेशनमा आगलागी

एक करोड बढी क्षति भएको अनुमानaaglagi-siuchatar
काठमाडौं,साउन १७ गते । कलंकीको स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको सब स्टेशनको ट्रान्सफरमरमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दिउँसो सवा दुई बजेतिर आगो लागेको थियो । काठमाडौं र ललितपुरका दमकलहरुले करिब आधा घण्टाको प्रयासमा आगो निभाएका छन् ।

आगलागीका कारण काठमाडौं उपत्यकामा करिब एक घण्टासम्म विद्युत आपूर्ति बन्द गरिएको थियो ।

कुलेखानी जलविद्युत आयोजनाबाट उत्पादित विजुली सो सबस्टेशन हुँदै काठमाडौं उपत्यकाभर वितरण हुन्छ ।

सबस्टेशनमा लागेको आगो पानीले निभाउन नमिल्ने भएकाले अग्नि नियन्त्रकहरुले फोम केमिकल प्रयोग गरेका थिए । आगलागीको कारण खुलेको छैन तर जुद्ध वारुणयन्त्र काठमाडौंका कर्मचारीहरुले सर्किट टुटेर आगो लागेको हुनसक्ने अनुमान गरेका छन् ।

आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget