गोपाल बुढाथोकी
बरु कांग्रेसका नेताहरुले गिरिजाप्रसाद कोइरालाको नाम लिंदैनन् तर प्रचण्डले बारम्बार नाम लिन्छन् । २०७३ साउन २० मा प्रधानमन्त्री बनेपछि पनि उनले दुई पटक गिरिजाप्रसादको नाम लिइसकेका छन्, अरु कतिपटक लिन्छन् थाहा छैन । जंगलमा बाटो हरायो भने पहिले जहाँबाट यात्रा थालेको छ त्यहीँबाट पुन थाल्नुपर्छ भन्ने गिरिजाप्रसादको भनाईबाट आफू प्रभावित भएको प्रचण्डले बताएका छन् । अर्थात्, प्रचण्डले नयाँ यात्रा थालेका छन् ।
प्रचण्डले कसरी बाटो बिराए ? उनले बताएका छैनन् । अनि, पहिले सुरु गरेकै ठाउँबाट यात्रा गर्ने भनेर उनले कुन विन्दुबाट यात्रा थाल्ने भनेका हुन् ? यो पनि प्रष्ट भनेका छैनन् । के कुरा चाहिा प्रष्ट छ भने उनले नयाँ ठाउँबाट यात्रा थाल्छु भने पनि, जे भने पनि उनको बाटोभरी काँडैकाँडा छ । यता फर्किए पनि समस्या छ, उता फर्किए पनि समस्या छ । अगाडि जाउँ भने भीर छ, पछाडि फर्कौं भने पहिरो छ । जहाँको तहीँ उभिइरहने हो भने कि भीरले तान्छ, कि पहिरोले लान्छ ।
यो हालत प्रचण्डको मात्र होइन, देशकै हालत हो । देशको हालत जस्तो छ, प्रधानमन्त्रीको हालत त्यस्तै छ । प्रधानमन्त्रीको अवस्था जस्तो छ, देशको अवस्था त्यस्तै छ । तैपनि भन्नैपर्ने हुन्छ, देशको भन्दा प्रधानमन्त्रीको अलि धेरै बेहाल छ । देशका सबै समस्या प्रचण्डका मात्र होइनन्, समस्याहरु साझा छन् । तर, प्रचण्डका कतिपय समस्या उनका मौलिक हुन् । जस्तो कि मन्त्रिमण्डल विस्तारको समस्या ।
संसदीय व्यवस्था र संसदीय सरकार विरुद्ध जीवन बिताएका, यस्तो व्यवस्था विरुद्ध बन्दुक समेत उठाएका प्रचण्डका लागि अहिले सबैभन्दा ठूलो समस्या बनेको छ– मन्त्रिमण्डल बिस्तार । अरु पार्टीको त कुरै छाडौं, आफ्नै पार्टीभित्र समेत उनले मन्त्रिमण्डल बिस्तारमा चित्त बुझाउन सकेनन् । प्रचण्डले के बुझ्नुपर्छ भने मन्त्रिमण्डल बनाउनु भनेको यस्तो काम हो, जसमा मन्त्री बन्ने बाहेक अरु कसैको चित्त बुझाउन सकिन्न । पहिले प्रधानमन्त्री रहँदा प्रचण्डले यो तथ्यवोध नगरेका भए अहिले गरुन् । सबैलाई मन्त्री बनाउन सकिन्न, मन्त्री पदमा दिन नसकिएकाहरुलाई कसै गरे पनि चित्त बुझाउन सकिन्न ।
प्रचण्डको समस्या के हो भने देशभित्र चित्त बुझाएर मात्र पुग्दैन, देश बाहिर समेत चित्त बुझाउनुपर्ने हुन्छ । नयाँ संविधान बन्नु अघिसम्म नेपालका प्रधानमन्त्रीले अरुले देख्ने र बुझ्ने गरी विदेशीलाई चित्त नबुझाए हुुन्थ्यो, भित्रभित्रै चित्त बुझाए पुग्थ्यो । केपी ओलीले विदेशीलाई चित्त बुझाउन आवश्यक ठानेनन् । दुई छिमेकीको एकसाथ चित्त बुझाउँछु भन्दै प्रचण्ड सत्तासीन भए ।
उनी बारम्बार भन्ने गर्छन्– भूराजनीति बुझ्नुपर्छ । भूराजनीति बुझेका जानिफकारहरु चाहिा भारत र चीनको एकसाथ चित्त बुझाउन सम्भव छैन भन्छन् । दुवै देशको एकसाथ चित्त बुझाउने प्रचण्डको चुनौती छ र यसका लागि उनले दुईजना उपप्रधानमन्त्री कृष्णबहादुर महरा र विमलेन्द्र निधिलाई भारत र चीन पठाउँदैछन् । दुवै देशको चित्त बुझाउने नाममा नेपाली जनताको चित्त दुखाए भने प्रचण्डका समस्या झन बढ्ने पक्का छ । समस्या बढ्ने मात्र होइन भविष्य नै धरापमा पर्ने पनि निश्चित छ ।
प्रधानमन्त्री बन्नु भनेकै चुनौतीको सामना गर्नु हो, चुनौतीको पहाडमाथि उभिएर नै प्रधानमन्त्रीले काम गर्नुपर्ने हुन्छ । र, नेपालमा हरेक प्रधानमन्त्रीको मुख्य चुनौती भनेको पदमा टिकिरहनु हो । झन, कसैको बहुमत नभएको त्रिशंकु संसदबाट बहुमत जुटाएर प्रधानमन्त्री बन्नेले रातोदिन टिकिरहनकै लागि समय खर्च गर्नुपर्ने हुन्छ । हिजो ओलीले यही गरे, प्रचण्डले पनि यसै गर्ने हो ।
निश्चिन्त भएर काम गर्ने सुविधा नेपालका प्रधानमन्त्रीलाई कहिले भएन । आगामी दिनमा पनि हुने छैन किनभने हामीले समानुपातिक निर्वाचन प्रणाली मिसाएका छौं, यस्तो प्रणालीबाट कुनै पार्टीको बहुमत आउादैन चुनावमा । आगामी दिनमा पनि आउने छैन । अर्थात्, त्रिशंकु संसद र गठवन्धन सरकार हाम्रो नियति बनेको छ । यस्तो नियतिमा साना पार्टीले मात्र खेले कुरा अर्कै हुन्थ्यो, विदेशीले समेत खेल्छन् । बहुमतप्राप्त पार्टीको सरकार थियो भने भारत र चीनमा दूत खटाएर हारगुहार र रोइकराई गर्न पर्दैनथ्यो ।
दुई देशमा विशेषदूत खटाउने प्रचण्डको निर्णय राम्रो हो तर यसले के पनि झल्काउाछ भने नेपालका प्रधानमन्त्रीले काम गर्ने र टिक्ने हो भने दुईटा छिमेकीलाई पनि रिझाउनु र खुसी पार्नुपर्ने हुन्छ । एकजना पूर्व प्रधानमन्त्रीले एकदिन यो पंक्तिकारसंग टिप्पणी गरेका थिए– भारतलाई रिझाउँदा रिझाउँदै मेरो कार्यकाल सकियो, भारतको जहिले पनि गुनासो मात्र सुन्नुपर्छ, एउटा समाधान भएमा अर्काे गुनासो बोकेर आउँछन् ।
मन्त्रिमण्डल बनाउन रिझाउनुपर्ने, विदेशीलाई रिझाउनुपर्ने, कर्मचारीतन्त्रलाई झनै रिझाउनुपर्ने तर जनतालाई चाहिा रिझाउन नपर्ने अनौठो तन्त्रलाई लोकतन्त्र भन्न विवश छन् नेपाली जनता । यस्तो विवशताबाट जनतालाई बाहिर ल्याउनु र आत्मसम्मान दिलाउनु नै प्रचण्डको सर्वाधिक ठूलो चुनौती मान्न सकिन्छ ।

Post a Comment