Websoft University

www.radiomakalu.com || 021-522512


लगानीकर्ताले ४५ अर्ब गुमाए

 
 
काठमाडौं , साउन ३० गते । लगानीकर्ताले विश्वास गुमाउदा आज (आईतबार) पनि सेयर बजार ओरालो लागेको छ ।
आइतबार बजार बन्द हुदा नेप्से परिसूचक झण्डै ४१ अंक घटेको छ । गत बिहीबार पनि ४.७ झिनो अंकले बजार घटेकोमा आइतबार झनै घटेको छ । बजार लगातार घट्न थालेको छ । बजार घट्दा लगानीकर्ताले एकैदिन ४५ अर्ब रुपैयाँ गुमाएका छन् । बिहीबार बजार पुँजीकरण १९ खर्ब ५६ अर्ब १९ करोड रुपैयाँ भएकोमा आज घटेर १९ खर्ब ११ अर्ब १८ करोड रुपैयाँमा सिमित भएको छ । आइतबार बजार घटेपछि १ अर्ब १४ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।
आइतबार नेप्से परिसूचक १ हजार ७३३.९३ अंकमा सिमित भएको छ । लगानीकर्ताले विश्वास गुमाउदा बजार बढ्न नसकेको नेपाल स्टक ब्रोकर्स एसोसियसनका अध्यक्ष नरेन्द्र सिजापति बताउँछन् । बाह्रखरीसंग कुरा गर्दै सिजापतिले भने, “बजार बढ्ने संभावना नदेखेपछि लगानी बढ्न सकेन र बजार घट्या ।” यो अवस्था भोली पनि हुने संभावना बढ्ने संभावना रहेको उनले बताए ।
आज बैंक, होटल, वित्त कम्पनी, जलविद्युत् र विमालगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ । बैंकको ३६.७२, होटल समूहको १०७, विकास बैंकको ४३.५, जलविद्युत् ६४.३६, वित्त समूह १७.२८ र विमा समूह २३३.२२ अंकले गिरावट आएको छ । आज राष्ट्रिय विमा कम्पनी लिमिटेड र उसको संस्थापक सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५३ र संस्थापक सेयर २५३ रुपैयाँ बढेको छ । यस्तै समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १३९ रुपैयाँ बढेको छ ।
 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget