Websoft University

www.radiomakalu.com || 021-522512


विमान दुर्घटनामा बाँचेका पाइलट भन्छन्ः अर्को जुनी पाइयो


makalu air_pilot (2)
नेपालगन्ज,साउन २१ गते । हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि उडेको मकालु एयरको नाइन एनएएलडी कलसाइनको किलोचार्ली (सिंगल इन्जिन) विमानका चालक दलका सदस्यद्वयले ‘अर्को जुनी पाएकोे’ बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राइभेट वार्डको बेड नं २ मा उपचारका लागि भर्ना भएका पाइलट सांगे लामाले भने, ‘अर्को जुनी नै पाएको जस्तो भएको छ ।’ उनले सिमिकोट विमानबाट उडान भरेलगत्तै विमानको इन्जिन फेल भएपछि आपतकालिन ल्याण्डिङ्ग गर्नु परेको जानकारी दिए ।

उनले त्यो घटनालाई सम्झदै भने, ‘उडेको ५ मिनेटमै फोर्स ल्याण्डिङ्ग गर्नुपर्ला भनेर सोचको थिएन तर, विहीबार सिमिकोट विमानस्थलबाट उडान भर्ने वित्तिकै भयो पनि त्यस्तै, एक्कासी इन्जिनमा खराबी आयो अनि एमरजेन्सी ल्याण्डिङ्ग गर्नु पर्‍यो ।’ उनले बेलैमा सुझबुझपूर्ण निर्णय गरेकाले ज्यान जोगिएको बताए ।

‘जहाज उड्ने वित्तिकै इन्जिन फेल भयो पुनः फर्केर विमानस्थलमा जाने कुनै संभावना थिएन । हावाको चाप अत्याधिक बढेको थियो जसरी पनि सेफ प्लेस खोज्दै कम क्षतिमा सेभ हुनु थियो तर, यो असंभव जस्तै थियो । कम समयमा दुबै जनाको सुझबुझले जुन खोच हेर्दै डरलाग्दो थियो त्यहि खोचमा नै जीवन दाउमा राखेर फोर्स ल्याण्डिङ्ग गरियो’ उनले सम्झदै भने ।

उनको देब्रे खुट्टा फयाक्चर भएको र छातिमा चोट लागेको छ । हुम्लाको खार्पुनाथ खोला र कर्णालीको दोभानमा फोर्स ल्याण्डिङ्ग गरिएको बताउँदै क्याप्टेन लामाले फोर्सली ल्याण्डिङ्ग गर्दा ढोका लक हुने र आफूहरु विमान मै फस्न सक्ने भएकाले हावामा नै विमानको ढोका खोल्दा विमानबाट निस्कन सजिलो भएको बताए ।



कोपाइलट प्रशान्त शाहले क्याप्टेन लामाको अनुभव र सहि निर्णयको कारण आफूहरु दुबैको ज्यान जोगिएको बताए । उनले आफूहरु ११ हजार ५ सय फिटको उचाइमा उडेको अवस्थामा समस्या आएपछि चारैतिर डाँडाकाँडाको बिचमा रहेको नदीमा नै ल्याण्डिङ्ग गर्ने निर्णय गर्दा बाँच्न सफल भएको बताए ।

अस्पतालको प्राइभेट वार्डको १ नं बेडमा भर्ना भएका उनको टाउको र ढाडमा चोट लागेको छ । उनले आफ्नो उद्दार तथा उपचारका लागि खटिने सबैलाई धन्न्यबाद समेत दिए । कर्णलीको खोचमा फोर्स ल्याण्डिङ्ग गरिएपछि उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरले घटना भएको १० मिनेटमै उद्दार गरेको थियो ।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ, अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यात, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईलगायतले पाइलटद्वयलार्इ भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।-आरपी सुवेदी,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget