Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल-भारत सम्बन्ध अब फेरि बिग्रिन्छः थापा

Kamal-Thapa

चितवन, साउन ३१ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल-भारत सम्बन्ध पुनः बिग्रिने दाबी गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका थापाले आफूहरु सरकारमा रहँदा सुधारेको नेपाल-भारत सम्बन्ध प्रचण्ड नेतृत्वको सरकारले बिगार्ने दाबी गरेका हुन् ।

‘१२ बुँदे समझदारीदेखि संविधान जारी हुने दिनसम्म राम्रो नभएको भारतसँगको सम्वन्ध असोज तीन गतेपछि सुधार भएको थियो । अब पुनः विग्रिन्छ,’ चितवनमा मिडिया नेपालले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा थापाले ठोकुवाका साथ भने, ‘सरकार परिवर्तन गर्नका लागि राख्न खोजिएको सम्बन्ध स्थायी र स्थिर हुँदैन ।’

उनले नेपालका राजनैतिक दलहरुले अन्य देशहरुसँग आत्मसमर्पणवादी धारणा नत्याग्दा राजनैतिक स्थायीत्व आउन नसकेको टिप्पणी पनि गरे । थापाले राजनैतिक स्थायीत्व विना परिवर्तन सम्भव नभएको बताए ।

वर्तमान सरकार मन्त्रिपरिषद विस्तारमै अल्झेका कारण संविधान कार्यान्वयन गर्न र निर्वाचन गराउन नसक्ने थापाले ठोकुवा गरे ।-राजेन्द्र आचार्य,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget