Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वमन्त्रीसहित माओवादी नेताहरुविरुद्ध अपहरण मुद्दा

गोलबजार, भाद्र ८ गते । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहलगायत माओवादी केन्द्रका १० नेताविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भएको छ ।




पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापर र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । लहानस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ४ का इन्जिनियर देवनन्दन मण्डलले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

मुद्दा दर्ता भएपछि सबै फरार छन् ।

नेताहरूले डिभिजन कार्यालयका प्रमुख रामनरेश मण्डल र पीडित इन्जिनियर मण्डललाई मिलापत्र गर्न दबाब दिइरहेको स्रोतले जनाएको छ ।

पूर्वमन्त्री साहले गोलबजार–४ स्थित आफ्नै घरमा बोलाई योजनाअनुसार धाकधम्कीसँगै हतियार देखाएर बन्धक बनाई ५ लाखको कागज गर्न लगाएको इन्जिनियर मण्डलको आरोप छ । ‘उनीहरूले जबरजस्ती माग गरेको रकम नदिएपछि गोलबजार बोलाएर बन्धक बनाई शनिबार कागज गराए । त्यसैले आवश्यक कारबाहीका लागि मुद्दा दर्ता गराएको हुँ,’ उनले भने ।

उनीहरूले कागज गराउनुका साथै यसबारे कहींकतै केही बोले ज्यान मार्ने धम्कीसमेत दिएको मण्डलले बताए । ‘माओवादी नेता श्रवण यादवले आफूलाई पत्रकार उमा सिंहको हत्या गर्दा केही भएन, तपार्इंकै हत्या गर्दा के हुन्छ भनेपछि डराएर औंठाछाप लगाइदिएँ,’ उनले भने ।

आशोपुर बल्कबास्थित मैनाबत्ती नदीको कटान रोकथामसम्बन्धी कामको निरीक्षणमा जाने क्रममा पूर्वमन्त्री साहसँग गोलबजारमा भेट भएको र उनले श्रवण रिसाएकाले सम्पर्क गर्न भनेकाले आफू भेट्न गएको उनको भनाइ छ । ‘चारैतिरबाट घेरा हालेर गाली गर्न थाले,’ उनले भने, ‘कसैले पहिले एउटा औंला काट भने, कसैले एउटा हात काट भने, डरले अताल्लिएँ, मलाई मार्ने भए भन्ने ठानें, तर भगवानको दयाले बाँचेँ ।’

घटनास्थलमा पूर्वमन्त्री साहसहित जम्मा ११ जना रहे पनि ४ जनालाई मात्र चिन्न सकेको उनको भनाइ छ ।’कान्तिपुर दैनिकबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget