Websoft University

www.radiomakalu.com || 021-522512


ओलम्पियनको शरीरमा रातो दाग किन ?

Michael-Flepps


रियो ओलम्पिक खेलिरहेका थुप्रै खेलाडीको शरीरमा रातो रंगको धब्बा देख्न पाइन्छ । ओलम्पिक इतिहासमा अहिलेसम्म १९ स्वर्ण जितिसकेका अमेरिकी सुपरस्टार पौडीबाज माइकल फ्लेप्सको शरीरमा पनि यस्तै धब्बा देखिएको छ ।

आउनुहोस चर्चा गरौं यो रातो रंगको धब्बा के हो ? र किन खेलाडीको शरीरमा देखिएको छ ?

वास्तवमा यस्तो दाग पुरानो चिकित्सकीय प्रणाली अक्युपञ्चरको एक प्रकार ‘कपिङ’ को कारणले भएको हो । यसमा तातो कप छालामा राखेर पीडाको उपचार गरिन्छ ।

कपिङमा ज्वलनशील पदार्थलाई शिशाको कपमा हालेर जलाइन्छ । आगो निभेपनि आपक्रम कम हुँदै जाँदा शिशाको कपलाई शरीरको छालामा बलियो गरी टाँसिन्छ ।



यसरी झुन्ड्याइएको कपले छालालाई बाहिर तान्छ । यसले रक्तसञ्चार छिटो हुन्छ र शरीरमा रातो दाग बन्छ । यो दाग सामान्यतः ३/४ दिनमा मेटिन्छ ।

खेलाडीहरुका अनुसार उनीहरु यस्तो चिकित्सा पद्धतिको प्रयोग, पीडा कम गर्न तथा लागातारको प्रशिक्षण वा खेलबाट भएको तनाव कम गर्न गर्छन् ।

पीडा कम गर्नका लागि अन्य थुप्रै तरिका छन्, जस्तै मालिस, सोना, आइस वाथ वा बिशेष प्रकारको कपडा । तर अमेरिकी जिम्न्याष्ट एलेक्स नाडुरले अमेरिकी अखवार युएसए टुडेसँग भनेका छन् ‘सबैभन्दा राम्रो कपिङ नै हो, जसमाथि मैले अहिलेसम्म पैसा खर्चिएको छु ।’ उनले थपे, ‘यो पुरै एक बर्ष मैले आफैलाई स्वस्थ राख्नका लागि यसको प्रयोग गरेँ, यसले मलाई अत्याधिक पीडाबाट बचायो ।’



उनको टिमका कप्तान क्रिस ब्रुक्सले भनेका छन् कि उनको टिमका थुप्रै सदस्यले आफैदे कपिङ गर्न सुरु गरेका छन् । यसका लागि उनीहरुले ज्वलनशील पदार्थको सट्टामा चुसने खालको पम्पको साहरा लिइरहेका छन् ।

आइतबार जव फ्लेप्सले चार गुणा सय मिटर फि्रस्टाइलको खेल जिते त उनको शरीरमा रातो दागहरु देखिएको थियो । त्यसपछि मानिसहरुले सामाजिक सञ्जालमा फरक फरक अनुमान लगाउन सुरु गरे । मानिसहरुले उनलाई पौडँदै जाँदा अक्टोपसले आक्रमण गरेपछि त्यस्तो भएकोसम्म भने ।

केवल खेलाडीमात्र यस्तो पद्धतिको प्रयोग गर्दैनन्, राम्रो उपचारको खोजीमा रहेका चर्चित अभिनेता अभिनेतृहरुबीच पनि यो लोकपि्रय छ ।

द बि्रटिस अक्युपञ्चर काउन्सिलले भने शिशाको तातो कपले शरीरको छाला डढ्नसक्नेतर्फ सचेत रहन चेतावनी दिएको छ । उसले दक्ष चिकित्सकको निगरानीमा मात्र यसको प्रयोग गर्न सल्लाह दिएको छ ।

कपिङको सुरुवात करीव ३ हजार बर्ष पहिले चीनमा भएको मानिन्छ । उपचारको यो पद्धति मिश्र, मध्यपूर्व तथा संसारका अन्य क्षेत्रमा पनि चर्चित छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget