Websoft University

www.radiomakalu.com || 021-522512


लागूऔषधको ‘हब’ बन्दै नेपाल

काठमाडौँ, साउन २७ गते । लागूऔषध नियन्त्रण ब्युरोले तीन किलो ५४ ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई बुधबार पक्राउ गरेको छ । सात दिनअघि मात्रै ब्युरोले लागूऔषध एम्फेटामाइन उत्पादनका लागि प्रयोग हुने कच्चापदार्थ स्युडोसहित औद्योगिक घराना सङ्घाई समूहका एक सदस्यसहित पाँच जनालाई पक्राउ गरेको थियो ।
कच्चा पदार्थ स्युडो र कोकिन कारोबारीको एकआपसमा सम्बन्ध नदेखिए पनि यसमा अन्तर्राष्ट्रिय नेटवर्कको संलग्नता रहेको ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार चरेश, गाँजा र एम्फेटामाइन उत्पादनको केन्द्र नेपाल बन्दै गएको छ ।
तर, कोकिन, अफिम र हेरोइनको हकमा भने नेपाल ट्रान्जिट हब’का रूपमा प्रयोग हँुदै आएको उहाँले बताउनुभयो । ब्युरो प्रमुख चन्दले भन्नुभयो, “निर्यातभन्दा आयातीत वस्तुको चेकजाँच त्रिभुवन विमानस्थलमा फितलो हुँदा समस्या देखिएको छ । ”
छ दिनअघि बोलिभियाबाट हवाई मार्ग हँुदै ब्राजिल, इथियोपिया र भारतको नयाँदिल्ली हँुदै काठमाडौँमा आइपुगेको उक्त परिमाणको लागूऔषध कोकिन काठमाडौँबाट पुनः दुबई, मलेसिया हँुदै बैङ्कक लैजाँदै गरेको अवस्थामा विमानस्थलबाट बरामद गरिएको हो ।
ब्युरो प्रमुख चन्दले बोलिभियाबाट काठमाडौँ ल्याउने र काठमाडौँबाट पुनः बैङ्कक लैजान खोज्ने अन्तर्राष्ट्रिय लागूऔषध तस्करका भरिया थाई महिला ३२ वर्षीया आरान्या क्विकुल र बोलिभियाकी २९ वर्षीया रोसी गुड्डे टोलेडोलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ अभियुक्त रोसी बोक्लाउडियो निग्रो नाम गरेको व्यक्तिको निर्देशनमा तीन हजार अमेरिकी डलर भरिया खर्च पाउने सर्तमा बोलिभियाबाट कोकिन बोकेर नेपाल आएकी थिइन् । सामान लिन थाइल्यान्डबाट अर्की अभियुक्त आरान्य भरिया खर्च ७० हजार पाउने गरी २१ गते नेपाल आइपुगेकी हुन् ।
रोसीले दिएको कोकिन बोकेर बैङ्कक फर्किंदै गरेकी आरान्य मङ्गलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच कक्षबाट पक्राउ परेकी हुन् । उनी पक्राउ परेपछि ब्युरोले बोलिभियाकी रोसीलाई बुधबार बिहान नक्सालस्थित होटलबाट पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच कक्षमा प्रहरीलाई सहभागी नगराइँदा लागूऔषधलगायत विभिन्न पदार्थको आयात सहजै रूपमा हुने गरेको गुनासो उहाँले गर्नुभयो । विमानस्थल भन्सार तथा सरसामान चेकजाँच कक्षमा भन्सार कर्मचारीबाहेक प्रहरीले हेर्न पाउँदैनन् । यस विषयमा भन्सार कर्मचारी र प्रहरीबीच पटकपटक विवाद हुँदै आएको छ ।
ब्युरो प्रमुख चन्दले लागूऔषध कारोबारी तथा ओसारपसारमा संलग्न अन्तर्राष्ट्रिय नेकवर्क तोड्न आफूहरू क्रियाशील रहेको बताउनुभयो । उहाँका अनुसार लागूऔषध तस्करका लागि नेपाल ट्रान्जिट हब बन्ने गरेको छ ।
हवाईमार्गबाट आएको कोकिन, अफिम र ब्राउन सुगर स्थलमार्ग हुँदै भारत, युरोप र अमेरिकासम्म पुग्छ । यी पदार्थ महँगो र धनाढ्य तथा सम्पन्न परिवारका सदस्यले प्रयोग गर्ने ब्युरो प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिनुभयो । कोकिनको माग दक्षिण एसियाली मुलुकमध्ये भारतमा बढी छ ।
विश्व बजारमा कोकिनको मूल्य प्रतिकिलो एक करोड दुई लाख रुपियाँसम्म पर्छ । अन्तर्राष्ट्रिय लागूऔषध नियन्त्रण बोर्ड (आईएनसीबी)का अनुसार चरेशभन्दा कोकिन, अफिम, हेरोइन र एमफेटामाइन महँगा लागूऔषध हुन् ।
नेपाल भूमि प्रयोग गरी हुने लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रण गर्न ब्युरो प्रहरीले स्पेसल अनुसन्धान टोली परिचालन गर्नुका साथै कारबाही प्रक्रियालाई आक्रामक बनाएको छ । छ महिनाको अवधिमा साढे १२ किलो कोकिन बरामद
भएको छ ।
केही दिनअघि काठमाडौँबाट भारतको नयाँदिल्ली जाँदै गरेको बसमा बरामद तीन किलो कोकिनका सम्बन्धमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो कोकिन निर्यातमा पक्राउ अभियुक्तको संलग्नताका विषयमा छानबिन भइरहेको जानकारी केसीले दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget