काठमाडौं,भदौ ५ गते । टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् ।
टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।
उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ ।
गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।-अनलाइनखबरबाट
Post a Comment