Websoft University

www.radiomakalu.com || 021-522512


ग्याङवारको शिकार : स्वेडेनमा ग्रिनेड हमलामा बालकको मृत्यु

_90882556_mediaitem90882555

स्वेडेन – स्वेडेनको गोथनवर्ग सहरमा रहेको एक घरमा ग्रिनेड प्रहार हुँदा एक आठ वर्षीय बालकको मृत्यु भएको छ । बेलायतको बर्मिङहमका युसुफ वारसेमको ग्रिनेड हमलामा निधन भएको हो । उनी स्वीडेनमा आफ्नो नातेदारको घरमा पुगेका थिए । प्रहरीले उक्त घटना अन्डरवल्र्डबीचको दुस्मनीको कारणले भएको आशंका गरेको छ । गत वर्ष त्यसक्षेत्रमा भएको गोलीबारीमा संलग्न एक व्यक्ति त्यही क्षेत्रमा बसोबास गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा छानविन गरिरहेको बताएको छ । ग्रिनेड हमला हुँदा घरम ५ बालबालिका र कयौं वयस्कहरु बसिरहेका थिए । ग्रिनेड हमलामा घाइते भएका वारसेमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको विविसीले जनाएको छ । सन् २०१५ को मार्चमा सोमाली समुदाय बस्ने स्थानमा दुई समूहबीच भिषण गोलीबारी भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget