Websoft University

www.radiomakalu.com || 021-522512


अदालतद्वारा साढे नौ करोड जरिवाना असुली



भक्तपुर, साउन २१ गते । भक्तपुर जिल्ला अदालतले आव २०७२÷७३ मा विभिन्न मुद्दामा तोकिएको जरिवानामध्ये रु नौ करोड ४८ लाख ६९ हजार ६३५ असुली गरेको छ ।

अदालतले गरेको विभिन्न मुद्दाका फैसलाअनुसार असुल हुनुपर्ने मुद्दाबाट रु ३८ करोड ९१ लाख ४३ हजार ६१ जरिवाना असुली हुनुपर्ने भए पनि रु नौ करोड ४८ लाख ६९ हजार ६३५ असुली गर्न सफल भएको अदालतका स्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अदालतले अझै रु २९ करोड ३२ लाख ७३ हजार ४२० जरिवाना असुली गर्न बाँकी रहेको छ ।

त्यसैगरी भक्तपुर जिल्ला अदालत र महानगरीय प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत अदालतको फैसलाको अटेर गरी फरार रहेकामध्येबाट थप रु १५ लाख १५ हजार ९९० जरिवाना असुली गरेको छ । सोही अभियानअन्तर्गत फरार रहेकाहरुलाई पक्राउ गरी पाँच वर्ष १० महिना १० दिन कैदसमेत असुल गरेको स्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।


त्यसैगरी अदालतले आव २०७२/७३ मा ६७.२२ प्रतिशत मुद्दा फस््र्योट गरेको छ । अदालतले कुल दुई हजार ७८९ वटा मुद्दा रहेकामा एक हजार ८७५ वटा मुद्दा फैसला गरेको भक्तपुर जिल्ला अदालतका न्यायाधीश दयानाथ खरेलले जानकारी दिनुभयो ।


‘ग’ श्रेणीको अदालतले ६० प्रतिशत मुद्दा फैसला गर्नुपर्ने नियम भए पनि भक्तपुर अदालतले भने नियम र लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेको जानकारी दिँदै उहाँले अब ९१४ वटा मुद्दा फैसला हुन बाँकी रहेको बताउनुभयो ।


अदालतमा दुई वर्ष नाघेको पाँच वटा, १८ महिना नाघेको १२ वटा, एक वर्ष नाघेको ६६ वटा र एक वर्षभित्रको ८३१ वटा मुद्दा फैसला हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अदालतमा दर्ता भएका मुद्दामध्ये एक वर्ष नाघ्न नदिने लक्ष्यअनुसार मुद्दा फैसला भएको जानकारी दिँदै निरन्तर सुनुवाइमा मात्रै ७६ वटा मुद्दा फैसला भएको जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget