Websoft University

www.radiomakalu.com || 021-522512


प्रधामन्त्रीसँग चीनियाँ विज्ञ टोलीको भेट



काठमाडौं,साउन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोररी रिलेसन्स्को टोलीले भेट गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चीनियाँ टोलीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।


भेटमा चीनियाँ टोलीले भूकम्पको पूनर्निर्माणमा चीनियाँ अनुभवको आदान–प्रदान एवं सहयोग गर्न र ठुला परियोजनामा सहयोग गर्न चीन तत्पर रहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए ।

उक्त भेटमा चीनियाँ विज्ञहरुले नेपालमा चीनियाँ पर्यटकको संख्या वृद्धि गर्न पर्यटन पूर्वाधारमा विकासका लागि अनुरोध गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग त्रीदेशीय सम्बन्ध स्थापित गर्न सरकार ईच्छुक रहेको बताए ।

साथै प्रधानमन्त्रीले चीनियाँ राष्ट्रपतिलाई नेपालले छिटै स्वागत गर्न पाउने अपेक्षा गर्दै दुई पक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे ।-रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget