Websoft University

www.radiomakalu.com || 021-522512


नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल


Lilamani Poudel
तुलसीपुर(दाङ), भदौ ७ गते । नेपाल सरकारका पूर्व मुख्य सचिव एव वाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले सचेत र जिम्मेवार नागरिक नभएको देशको विकास असम्भव हुने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार तुलसीपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।नेपाली जनताको सोच सरकारमुखी भएका कारण कुनै पनि क्षेत्रको सोचेजति विकास हुन नसकेको भन्दै पौडेलले जनता नउठ्दासम्म विकास सम्भव नहुने बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाई तथा तुलसीपुर नगरपालिकाको साझेदारीमा मंगलबारदेखि तुलसीपुरमा सुरु हुन लागेको ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ सरसफाई अभियानको उद्घाटनका क्रममा पूर्व मुख्य सचिब पौडेल सोमबार दाङ आउनुभएको हो । पौडेलले हामी सबैमा प्रदुषित सोचको विकास भएका कारण सवै क्षेत्रमा फोहर वढेको बताउनुभयो । उहाँले आफनो ठाउँको सरसफाइका लागि हामी आफै जुटनु पर्नेमा पनि जोड दिनुभयो । संसारका कुनै पनि ठाउँको विकास त्यहाँको सरकारका कारण नभई त्यहाँका जनताले गरेको उहाँले बताउनुभयो ।

सरकारले मात्रै सरसफाई गर्न नसक्ने भन्दै उहाँले हजारौँले गरेको फोहर निश्चित सङ्ख्याका कर्मचारीले मात्र गर्न सक्दैनन्, उहाँले भन्नुभयो । पैसा नभएका कारण फोहर ब्यवस्थापन नभएको भन्ने भनाई गलत भएको टिप्पणी गर्दै पौडेलले पैसा धेरै भएकै कारण फोहर वढेको बताउनुभयो ।

बाग्मती सफाईका बारेमा जानकारी दिँदै पौडेलले आज सम्म सो सफाई अभियान १७१ हप्ता पुगेको बताउनुभयो । बाग्मती सफाई गर्दा आफूहरुले जाडोगर्मी, फोहर केही नभनी निरन्तररुपमा लागिपरेकै कारण आज त्यसको स्वरुप परिवर्तन भएको बताउनुभयो ।

त्यसैगरी, अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वामी चैतन्य कृष्णले अध्यात्म चिन्तनमा पनि फोहरले स्थान नपाउने भन्दै आफ्नो घर, सहर र देशलाई सफा एवं सुन्दर राख्नका लागि जुटन सबैलाई आग्रह गर्नुभयो । उहाँले देशलाई दिसामुक्त मात्र नभई नसामुक्त बनाउनेतर्फ लाग्न पनि सबैमा आग्रह गर्नुभयो । उहाँले फोहर र दुर्गन्धका कारण मानव स्वास्थ्यका साथै मानिसको सोचमा समेत विकार ल्याउने तर्क गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रियस्तरका प्रशिक्षक सकारात्मक सोचका अभियन्ता डाक्टर राजु अधिकारीले फोहरले मानिसको सोचमा विकार ल्याउने भन्दै त्यस्तो मानिसले केही गर्न नसक्ने बताउनुभयो । स्वस्थ र ऊर्जावान मानिसलाई समेत फोहरको दुर्गन्धले गलत सोच्न बाध्य बनाउने भन्दै आजैदेखि सरसफाई अभियानमा जुटन आग्रह गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget