Websoft University

www.radiomakalu.com || 021-522512


ऊर्जामन्त्रीले भने- महेन्द्र मञ्जिलको लाइन काट्ने पूर्वजानकारी थिएन

'कसैसँग प्रतिशोध साँध्न विद्युत काटेको होइन'Janardan sharma Prabhakar (1)
काठमाडौं,भदौ ७ गते । ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्युत महसुल नतिर्नेको लाइन काट्ने काम सस्तो लोकप्रीयताका लागि नभएको बताएका छन् ।

मन्त्री शर्माले कसैको सिको गरेर वा कसैप्रति प्रतिशोध साँध्न विद्युत काटेको भन्ने आरोपको खण्डन गरे ।

‘प्राधिकरण विधीमा चल्नुपर्छ र ऋणबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता थियो, प्राधिकरणसँगको छलफलसँगै महसुल नतिर्ने निकायको लाइन काट्न निर्देशन दिएको हुँ,’ मंगलबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले भने, ‘सिस्टम सुधार्न खोज्दा सस्तो लोकपि्रयता भनिनु भएन ।’

उनले पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको विद्युत लाइन काट्नेबारे आफूलाई पूर्वजानकारी नभएको र प्रतिशोध साँध्ने काम नभएको प्रष्ट्याएका छन् ।

‘लाइन काट्न मैले गोप्य सर्कुलर गरेको थिएँ, त्यसबारे मैले भन्नैपर्ने भयो,’ पत्रकारसँगको छलफलमा मन्त्री शर्माले भने, ‘मैले सरकारी निकायलाई ताकेता गर्न र अन्य ठूलो रकम बक्यौता भएकालाई चेतावनी दिने र अटेर गरे लाइन काट्न निर्देशन दिएको थिएँ । तर बडामहारानी निवासका बारेमा मलाई कुनै जानकारी थिएन ।’

उनले जनतालाई राहत महसुस गराउने उद्देश्यले लाइन काट्न हतारो गरेको बताएका छन् ।

मन्त्री शर्माले विद्युत महशुल नतिर्नेलाई प्रक्रियामा ल्याउने र विद्युत चुहावट रोक्नु अनिवार्य भएको भन्दै यस्तो कामलाई रोक्न नसकिने समेत बताएका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget