Websoft University

www.radiomakalu.com || 021-522512


दोधाराचाँदनीमा सुख्खा बन्दरगाहका लागि प्रक्रिया अघि बढ्यो



कञ्चनपुर,साउन २२ गते । दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको अध्ययन गर्नका लागि नेपाल–भारतको संयुक्त टोली गठन गरी निर्माण कार्यलाई अगाडि बढाइने भएको छ ।


नेपाल–भारत दुवैतर्फ भौतिक संरचना निर्माण गरिने भएकाले दुवै देशका विशेषज्ञ सम्मिलित अध्ययन टोली गठन हुने भएको हो । सुख्खा बन्दरगाहाका लागि अध्ययन गर्न दुवै देशका विज्ञ सम्मिलित संयुक्त टोली बनाउने विषयमा इन्टर गभर्मेन्ट कमिटी आइजीसीको बैठकमा समझदारी भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए ।

आइजीसी भनेको नेपाल र भारत सरकारका सचिव सम्मिलित संयुक्त समिति हो । सुख्खा बन्दरगाहका लागि नेपालमा जस्तै भारततर्फ भन्सार, क्वारेन्टाइन, सडक र रेलवे लगायतका संरचना बनाउनुपर्ने भएकाले संयुक्त अध्ययन टोली गठन हुन लागेको बस्नेतले बताए । दोधाराचाँदनीको भारतीय सीमा क्षेत्रमा आवश्यक संरचना बनाउने विषयमा भारतीय पक्ष सकारात्मक भएपछि दुवै देशका विज्ञ सम्मिलित संयुक्त समिति बनाउने निर्णय भएको हो ।

अर्थ मन्त्रालयले सुख्खा बन्दरगाहको विषयलाई बजेट वक्तव्यमा समावेश गरेर प्राथमिकतामा राखेको छ । सुख्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरिएको क्षेत्रमा वाणिज्य मन्त्रालय, नेपाल इन्टरमोडल यातायात विकास समिति, स्थानीय क्षेत्रका सांसद, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले पटक पटक अनुगमन गरिसकेका छन् । दोधाराचाँदनी नगरपालिकामा पर्ने कञ्चभोज आसपास क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको प्रस्ताव गरिएको छ ।

जैविक तटबन्ध निर्माण

दोधारा चाँदनी नगरपालिका–३, जामुनाघारीका दलित समुदायले जैविक तटबन्ध निर्माण गर्न थालेका छन् । बाढीबाट हुने गरेको जग्गा कटान रोक्न उनीहरुले तटबन्ध निर्माण गर्न लागेका हुन् ।

जोगबुडा नदीको बाढीले बर्सेनि बिचल्ली पार्न थालेपछि जैविक तटबन्ध थालेको विपद् व्यवस्थापन समितिका अध्यक्ष राधा सुनारले बताए । पक्की तटबन्धको पहल नभएपछि भैरव टोल, पत्थरनाला टोल, जामुनाघारी, ट्वालट्वालेलगायतका क्षेत्रमा विपद् व्यवस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माण सुरु गरिएको हो ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget