Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित बैठक सुरु


काठमाडौँ, साउन १९ गते । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ ।

व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र सुरु भएको बैठकमा ती दलहरुबीच मङ्गलबार भएको मौखिक समझदारीलाई निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । मोर्चाले आफ्ना मागमा सकारात्मक भएमा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने जनाउँदै आएको छ ।

वार्तामा काँग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष दाहाल र मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत सहभागी हुनुहुन्छ । संसद्को आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget