Websoft University

www.radiomakalu.com || 021-522512


उपप्रधानमन्त्री महरा चीन प्रस्थान



काठमाडौँ, साउन ३१ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरको छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पु¥याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ ।

चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री महराले भन्नुभयो – “नयाँ सरकार गठन भएको परिवर्तित अवस्थामा चीनसँगको सम्बन्धलाई सुदृढ गर्न आफू चीन जान लागेको हुँ, राम्रो सम्बन्ध विस्तार गर्नका निमित्त चीनले गर्ने सहयोग र चीनका नेताहरुको नेपाल भ्रमणको पनि अपेक्षा राख्दछौँ ।

चीनसँग विगतको सरकारले गरेका राम्रा सम्झौतालाई कार्यान्वयन गर्न अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले चीनले नेपाल सरकारका प्राथमिकतालाई सहयोग गरोस् भन्ने हाम्रो चाहना हो ।

उपप्रधानमन्त्री महराले दुईदिनसम्म बेइजिङमा रहँदा चिनियाँ सरकारका उच्चपदस्थ अधिकारी, महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्नुहुने छ । उहाका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल रहनुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget