Websoft University

www.radiomakalu.com || 021-522512


गृह नपाएपछि अर्जुननरसिंह केसी सपथ लिन गएनन्

 



काठमाडौं , साउन २० गते । गृहमन्त्री नपाएको भन्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी सपथ लिन गएनन् ।

प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको पनि नाम थियो । उनको मन्त्रालय भने तोकिएको थिएन ।

पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । तर, केसीले गृह नपाएसम्म सरकारमा नजाने जवाफ दिएको उनका सहयोगी सरोज केसीले जानकारी दिए ।

देउवाले भने सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिएका छन् ।

केसीले सुरुमा सरकारमा पार्टीको नेतृत्व दाबी गरेका थिए । तर, बिहीबार विहान भएको भेटमा केसी मन्त्री बन्न तयार भएपछि उनको नाम सिफारिस भएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget