Websoft University

www.radiomakalu.com || 021-522512


भारत र वेष्ट इन्डिज ७५ अर्बको रंगशालामा क्रिकेट खेल्दै


वेष्ट इन्डिज र भारत संसारकै महंगोमध्येको एक रंगशालामा दुईवटा ट्वान्टी–ट्वान्टी खेल खेल्ने भएका छन्। अमेरिकाको फ्लोरिडास्थित रंगशालामा हुने प्रतियोगिताअन्तर्गतको पहिलो खेल शनिबार (आज) साँझदेखि सुरु हुँदैछ।

फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्कमा आयोजना हुने यो खेलका लागि विशेष तयारी गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ(आइसिसी) ले अमेरिकामा क्रिकेट आयोजना गर्न दिएको यो नै एकमात्र मैदान हो। यो बाहेक अमेरिकामा अन्य कुनै रंगशालालाई क्रिकेट आयोजना गराउने मान्यता आइसिसीले दिएको छैन।

यौ मैदानमा न्युजिल्यान्ड र श्रीलंकाले सन् २०१० मा पहिलो पटक खेलेका थिए। २०१२ मा वेष्ट इन्डिजले न्युजिल्यान्डसँग यही मैदानमा खेलिसकेको छ। यो मैदानमा क्रिकेट मात्र होइन, फुटबल, रग्बीजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुन्छ। क्रिकेट मैदानको क्षमता ५ हजार भनिएपनि यसलाई बढाएर १५ हजार पुर्याउन सकिन्छ।

यसबाहेक पनि बाउन्ड्रीमा भएको घाँसमा बसेर दर्शकले मज्जाले खेल हेर्न सक्छन्। सन् २००७ मा यो मैदान निमार्णका लागि करिब ७५ अर्ब ६० करोड रुपैयाँ खर्च भएको थियो।-
एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget