Websoft University

www.radiomakalu.com || 021-522512


पृथ्वीनारायण शाहले राज्य खोसेको भन्दै लिम्बुवानद्वारा पुर्वका जिल्ला बन्द बन्द आह्वान



झापा  साउन २२ गते । लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ ।



पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ दिनका रुपमा लिँदै आएको छ । त्यसैको विरोधमा आज बन्द गरिएको बताइएको छ ।

बन्दका कारण झापा, इलाम, सुनसरी, मोरङ,ताप्लेजुङ,संखुवासभालगायत पूर्वाञ्चल क्षेत्रका जिल्लामा यातायातका साधन चलेका छैनन् भने झापाका सबै पसल, बजार बिहानैदेखि बन्द छन् । एम्बुलेन्स, प्रेसलगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा आएका छन् । रासस


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget