Websoft University

www.radiomakalu.com || 021-522512


आयल निगममा १०० जना हाजिर मात्रै गरेर तलव खाने कर्मचारी,मासिक १३ लाख बढीको भार


आयल निगममा १०० जना हाजिर मात्रै गरेर तलव खाने कर्मचारी,मासिक १३ लाख बढीको भार
काठमाडौं–ऐन र नियम मिचेर नेपाल आयल निगममा एकसय भन्दा बढी कर्मचारी भर्ती गरीएको छ । गोपाल बहादुर खड्का कार्यकारी निर्देशक भएपछि निगमको प्रचलित कर्मचारी प्रशासन नियमावली विपरीत एक सय भन्दा बढी कर्मचारी भर्ना गरेका गरिएको हो ।

खड्काले निगमको केन्द्रिय कार्यालयमा करीव ४०, हवाई ईन्धन डिपो सिनामंगलमा करीव २० जना, थानकोटमा करीव १०, ईन्धन डिपो पोखरामा ५, क्षेत्रीय कार्यालयहरु भलवारी, बिराटनगर र नेपालगंजमा १०÷१० जनाभन्दा बढीको दरले कर्मचारी भर्ना गरेका हुन् ।

आफू कार्यकारी निर्देशक भएपछि गरेका अनियमितता ढाकछोप गर्न उनले विभीन्न व्यक्तिहरुको सिफारिसमा कर्मचारी भर्ना गरेको आयल निगमका एक निर्देशकले बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भिष्मराज आङ्गदाम्बे, जिएम खड्काका आफ्ना आफन्त र निर्देशक मुकुन्द घिमीरेका आफन्त धेरै छन्’ उनले भने ‘आफ्ना मान्छेपनि राख्न पाईने र अरुलाई गुन पनि लगाउन पाईने काम गरेका छन् ।’

नियमअनुसार यसरी कर्मचारी भर्ना पाईँदैन । तर निगमको मर्मत संभार खर्चवापतको खर्चबाट तलव खुवाउने गरी यसरी कर्मचारी राखिएको निगम स्रोतले बताएको छ । ‘मर्मत खर्च भनेर काम लगाएपछि त काम गरेको देखिनुपर्ने तर दैनिक हाजिर गरेर जाने कर्मचारी एकसय नाघिसके’ उनले भने ‘तर उनीहरु आउँछन, हाजिर गर्छन जान्छन् ।’

आफ्नै निर्देशन विपरीत संसदीय समिति

खड्काले करारमा भटाभट कर्मचारी भर्ना गरेपछि गतवर्ष संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले प्रकृया नपुगि करार नियुक्ति दिनु अवैधानिक भन्दै ८० जनाको करार खारेर गर्न निर्देशन दिएको थियो । निर्देशन पछि ति करारका सबै कर्मचारीलाई ज्यालादारीमा राखिएको थियो । त्यहि कुरा चाल पाएपछि समितिका सभापति आङ्गदाम्बेले २० जना भन्दा बढी कर्मचारी भर्ना गरेको निगमका कर्मचारी बताउँछन् । ‘जसले सुधारका लागि निर्देशन दिने हो उसैले अवैध काम गर्न लगाएपछि आय निगम कसरी सुधार्न सकिन्छ रु’ निगमका एक निर्देशकले भने 


सूचना नै नगरी करार शुरु

मर्मत सम्भार शिर्षकबाट तलव खुवाउने गरी दैनिक ज्यालादारीमा एकसय भन्दा बढी कर्मचारी भर्ना गरेका उनले पछिल्लो पटक धमाधम करारमा कर्मचारी भर्ना गर्न शुरु गरेका छन् ।

कार्वाही गर्नुपर्ने निकायका आफ्ना मान्छे ज्यालादारी कर्मचारीमा राखेर गुन लगाएपछि उनले आफ्ना नजिकका मान्छे करारमा राख्न शुरु गरेका हुन् । गत साउन १९ गते ५ जना कर्मचारीलाई करार नियुक्ती गरेको भेटिएको छ ।

राघव घिमीरे, रमेश पञ्जियार, मिना ढकाल, मधुमास पुन र सुमित्रा थापालाई करार नियुक्ति दिईएको छ । उनीहरुमध्ये राघव निगमका निर्देशक मुकुन्द घिमीरेका दाजु हुन् । मधुमास पुन एमालेनिकट अनेरास्ववियूका केन्द्रिय सदस्य हुन् ।

नियमानुसार करारमा कर्मचारी भर्ना गर्दा सूचना निकालेर लोकसेवाको प्रतिनिधी समेतको संलग्नतामा परीक्षा लिएर मात्रै भर्ना गर्नुपर्छ । ‘तर यहाँ त मनपरी छ’ निगमको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले भने ‘माथिका मान्छे खुसी पारेपछि निगम मिचेर भटाभट आफै नियुक्ति दिए हुने ।’

निगमलाई मासिक १३ लाख बढीको भार

दैनिक ज्यालादारीमा भर्ना गरीएका कर्मचारीहरु तहविहीन छन् । उनीलाई मासिक १३ हजारका दरले तलव खुवाईएको छ । यसरी राखिएका कर्मचारीको कारण मात्रै निगमलाई मासिक १३ लाख बढीको भारत परेको निगमको अर्थ विभाग स्रोतले बतायो । वार्षिक रुपमा डेढ करोड रुपैया भन्दा बढी रकम ज्यालादारी कर्मचारीका लागि मात्रै खर्च गरीएको अर्थ विभागले जनाएको छ ।

खड्काको सिधै नियुक्ति
कर्मचारी नियुक्ति प्रकृयामा सामान्यतया कर्मचारी प्रशासनले गर्न गर्छ । तर आयल निगममा भने यसरी नियुक्ति गरीएका कुनै पनि कर्मचारीको जानकारी प्रशासन शाखामा छैन । पछिल्लो पटक करार नियुक्तिमा कार्यकारी निर्देशक खड्काले आफै हस्ताक्षर गरेका छन् ।

‘तहबिहीन कर्मचारीको नियुक्ति प्रशासनले गर्न विनीयमावलीमा छ तर पछिल्लो करारमा खड्का आफैले नियुक्ति दिएको भेटियो’ निगम श्रोत भन्छ ‘यो कि त नियम नजानेर होला कि त प्रशासनलाई पनि यसबारे जानकारी नदिई आफ्ना मान्छे राख्नका लागि होला ।’

नियामक निकाय मौन
विगतमा ठूला ठूला कमजोरी गरेपनि कुनै कार्वाही नगरीएका खड्कालाई नियामक निकायले नै संरक्षण गरेको भन्दै कर्मचारीले असन्तुष्टि जनाएका छन् । अख्तियार, संसदको उपभोक्ता हित समितिले प्रत्यक्ष रुपमा सहयोग नै गरेको र अन्य निकाले पनि कमजोरीमा वास्तै नगर्ने गरेको कर्मचारीहरुको आरोप छ ।

‘आङ्गदाम्बेले आफै संरक्षण गरेपनि सुशासन, लेखा लगायतका समिति त छन् नि तर सञ्चारमाध्यममा यति धेरै समाचार आउँदा पनि कसैले वास्ता गर्दैनन्’ निगमका एक निर्देशकले भने ‘सबै निकाय मौन रहनुमा कतै उनीहरुको पनि मिलेमतो हो कि भन्ने शंका छ ।’- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget