लेखक जनकराज सापकोटासँग पुस्तक संवाद
युवा पत्रकार जनकराज सापकोटाको ‘कहर- वैदेशिक रोजगारीले बिथोलिँदो समाज’ पुस्तक गत शनिबार पाठकमाझ आयो । पुस्तकमा उनले वैदेशिक रोजगारीको असर भोगिरहेका विभिन्न जिल्लाका पात्र भेटेर तिनको जीवनगाथा लेखेका छन् । देशको अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगट्ने रेमिट्यान्सको स्रोत वैदेशिक रोजगारीलाई लेखकले समाजको अँध्यारो पाटोसँग जोडेर केलाएका छन् ।
सापकोटासँग यो पुस्तक र उनको लेखन कर्मबारे गरिएको कुराकानी:
कहर किन पढ्नुपर्छ ?
हामीकहाँ वैदेशिक रोजगारीको प्रभाव के हो भनेर अहिलेसम्म राम्रोसँग सामाजिक अध्ययन भएको छैन । केही गैरसरकारी संस्थाले गरे पनि ती अध्ययन सीमित गाउँहरूको सीमित तथ्यांकमा आधारित छन् । वैदेशिक रोजगारीका कारण मान्छेहरूले सामाजिक र सांस्कृतिक मूल्य कसरी चुकाइरहेका छन्, मान्छेको संवेदनासँग यसको सम्बन्ध कस्तो छ भन्नेबारे कुनै अध्ययन नै भएको छैन । समाजका भुइँमान्छेहरूको जिन्दगीको लय र सपना कसरी बिथोलिरहेको छ भन्ने पनि अहिलेसम्म हेरिएको छैन । यो किताब पढेपछि वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावको जरा-जुइना थाहा हुन्छ ।
वैदेशिक रोजगारीले समाजमा पारेका प्रभाव के-कस्ता रहेछन् ?
वैदेशिक रोजगारीले पारिवारिक विघटन कसरी भइरहेको छ, हाम्रा वृद्ध अभिभावक, बालबालिका र भर्खर विवाह भएका पत्नीहरूको मनोविज्ञान कस्तो छ भन्ने कुरा थाहा पाएँ ।
विवाह भन्ने संस्थाको पुनर्परिभाषा गर्नुपर्ने आवश्यकता देखेँ । यिनै कुरा पुस्तकमा खोतलेको छु । खासगरी वैदेशिक रोजगारीको सपनाको जालोमा मान्छेहरू कसरी पर्छन् र त्यसबाट उम्किने प्रयत्न गर्दागर्दै पनि फेरि कसरी पर्छन् भन्ने कुरा मार्मिक पाटो छ । त्यसमा दलालहरू र राज्यको भूमिका के छ, राज्य कसरी कमजोर र निरीह छ भनेर सबै कुरा समेट्न खोजेको छु ।
वैदेशिक रोजगारीको अँध्यारो पाटो मात्रै केलाउँदा पुस्तक एकांगी भएन र ?
समाज विज्ञानका विभिन्न विषय र आयाम हुन्छन् । मैले अँध्यारो पक्ष नै खोजेको हुँ । उज्यालो पक्ष अरु कोही साथीहरूले खोज्नुहोला । सबै कुरालाई समेट्न खोज्ने हो भने त खिचडी हुन्छ । मैले खिचडी नभई विशिष्ट स्वादको पुस्तक बनाउन खोजेँ ।मेरो दाबी छ, वैदेशिक रोजगारीले नेपाली समाजलाई के-के न परिवर्तन गरेको छ भन्नु बेकार हो । परिवर्तनका केही झिल्का देखिए पनि ती अस्थायी प्रकृतिका छन् ।
वैदेशिक रोजगारीका कारण केही मान्छेले राम्रो लाएका, मीठो खाएका, घरघडेरी र अन्य सुविधाका वस्तु पनि जोडेका होलान् । तर, समाज विज्ञानमा परिवर्तनलाई त्यसरी मात्र व्याख्या गर्न मिल्दैन । हाम्रो सामाजिक र सांस्कृतिक मूल्यमा पारेको प्रभावलाई पनि हेर्नुपर्छ । मेरो पुस्तक समाजको अँध्यारो पाटोमा केन्दि्रत भए पनि यो छलफलको एउटा अध्याय हो । यसमा पर्याप्त छलफल र बहस होस् । उज्यालो पक्ष अरु कसैले ल्यायो भने त्यसमा पनि छलफल गरौंला ।
यो पुस्तक लेख्नको लागि विभिन्न जिल्ला पुग्दा तपाईंले देखेको साझा कुरा के हो ?
मैले जुन जिल्ला जाँदा पनि एउटा प्रयोग गरेँ । बाटामा वा चिया पसलमा कोही मान्छे भेटिंदा नमस्ते भन्दै गफ सुरु गर्थेँ । कुरा गर्दै जाँदा प्रायःजसो मान्छेका घरबाट कोही न कोही विदेश गएकै हुन्थे । तिनको छरछिमेकमा कुनै न कुनै दुःखको कथा हुन्थ्यो-हुन्थ्यो । हरेक मान्छेसँग कुनै रूपमा दुःखको कथा जोडिएकै हुन्थ्यो । म १५ वटा जिल्ला पुग्दा सबै ठाउँमा वैदेशिक रोजगारीका दुःखका कथा र व्यथा पाएँ । सुखका कथा गोटागोटी मात्र थिए ।
विदेश गएका सबै घरका मान्छेसँग शंका र डर देखिन्थ्यो । छोरोले कमाउँछ कि कमाउँदैन, कतै केही हुने हो कि भन्ने डरले गाँजेको छ सबैलाई । जसरी युद्धमा आफ्ना छोराहरूलाई सिपाही बनाएर पठाउँदा बाँचेर फर्किन्छ कि फर्किँदैन भनेर चिन्ता हुन्छ, त्यस्तै भय र चिन्ता अभिभावक र पत्नीहरूमा छ ।
यस्तो कहरका कथाहरू बटुल्ने क्रममा लेखकका रूपमा आफूले चाहिँ कत्तिको दुःख खेपियो ?
मेरो दुःख त भनिसाध्य छैन । तर, त्यो दुःख भन्नुको कुनै अर्थैै छैन । मैले खूब दुःख गरेँ भन्ठान्थेँ तर वैदेशिक रोजगारीका कारण गाउँ-समाजमा दुःख भोगिरहेका मान्छेहरू भेटेपछि मेरो दुःख त फिका लाग्यो । उनीहरूको दुःखको पहाडसामु त मेरो दुःख भुसुना बराबर थियो । तिनीहरूको दुःखको कुरा पढ्दा त हामीलाई गाह्रो हुन्छ, भोग्नेलाई झन् कस्तो होला !
मैले दुःख त गरेको हो । किनभने कोठामा वा कुनै पुस्तकालयमा बसेर लेखिएको पुस्तक हैन यो । झरी बादल केही नभनी दौडिएँ । मान्छेहरूसँग भेटघाट र अनुसन्धान गर्नमा साढे तीन वर्ष लाग्यो । कतिपय जिल्लामा म कथा लिन भनेर जाँदा ती मान्छे भेटिन्थेनन् । कतिपय जिल्लामा मान्छेहरू बोल्न चाहन्थेनन् । कतिपय मान्छेहरू बोले पनि उनीहरूको कथा सामाजिक र कानुनी कारणले लेख्न नसकिने अवस्था थियो ।
वैदेशिक रोजगारीका कारण खलबलिएको समाजलाई ठीक ठाउँमा ल्याउन समाधानको उपाय के हुन सक्ला ?
यसको तत्काल समाधान छैन । किनभने हामीले वर्षौंदेखि पालेको रोग हो । हाम्रो राज्य संयन्त्र बलियो भएर मान्छेहरूले कमाएर ल्याएका पैसालाई सही ठाउँमा सदुपयोग गर्ने संयन्त्रहरू निर्माण गरिदियो भने सुधार हुँदै जान्छ । आज हाम्रो समाजमा मान्छेहरूले विदेश नजाउ“m भन्न सक्ने अवस्था छैन । तर, नेपालबाट ८० प्रतिशत अर्धदक्ष र अदक्ष कामदार विदेश जान्छन् । एकदमै तल्लो तहको मजदुरी गर्छन् । त्यसरी रोजगारीमा जाँदा दक्ष कामदार गए भने, उनीहरूलाई माथिल्लो तहको काममा पठाउन सकियो भने, बाहिर सिकेको सीप यहाँ फर्केर उपयोग गर्न सकिने अवस्था रह्यो भने यस्तो कहर कम हुन्छ ।
अर्को कुरा, वैदेशिक रोजगारीमा पठाउने संस्थागत ठगीको सञ्जाल छ, त्यसलाई तोड्नु जरुरी छ । झुटा वाचा गर्नेहरूलाई कारबाही गरेर त्यसलाई निरुत्साहित पार्नुपर्छ । काम गर्न जानेहरूले आफू के कामको लागि जान लागेको हो भन्ने थाहा पाऊन्, राज्यले तोकेको शुल्क तिरेर जान पाऊन् । सबै कुरामा एउटा विधि बनाएर कडाइ गरियो भने कम भएर जान्छ ।
पत्रकारिता र साहित्यिक लेखनमा तपाईँ प्रायः समाजका दीनदुःखी र निम्न वर्गको कुरा लेख्नुहुन्छ, किन ?
म पनि सामान्य किसान परिवारबाट आएको युवा हुँ । मेरो हजुरबा पनि लाहुरे भएर वैदेशिक रोजगारीमै जानुभएको थियो । हामी त गाउँका निम्नवर्गीय परिवार हौं, पीडा र प्रताडना झेलेको परिवार । चितवन गीतानगरमा मेरो गाउँ नजिकै सुकुम्बासी बस्ती थियो । सुकुम्बासीका दुःख र पीडा पनि मैले नजिकबाट नियालेकोले त्यसले पनि मलाई छोइरहेको होला । मभित्र करुणा भाव ज्यादा छ । बाटोमा कसैलाई केही भएको देख्यो भने सहयोग नगरी हिँड्नै सक्दिनँ । तर, फरक के हो भने यस्तो सहयोग गरेँ भनेर फेसबुकमा प्रचार गर्दिनँ । कतिपय अवस्थामा चाहिँ पीडितका लागि सहयोग जुटाउन सामाजिक सञ्जालमा लेख्नैपर्ने हुन्छ ।
ठूल्ठूला मान्छेको बारेमा लेख्दा ठूलै लाभ पनि पाइएला । हाम्रो समाज ठूल्ठूला मान्छेको कथा लेख्ने समाज हो । सिंगो समाज नै ठूला मान्छेको पछि लाग्ने संरचनाबाट हुर्किएको छ । यो देख्दा साना मान्छेको कथा चाहिँ कसले भन्छ भन्ने लाग्ने गथ्र्यो मलाई । टेलिभिजनमा किशोर नेपालले चलाउने मत-अभिमत कार्यक्रमको लागि करिब ७० वटा जिल्ला घुम्ने मौका पाएँ मैले । द्वन्द्वकाल र पछिको समयमा गरी झन्डै पाँच वर्ष सिंगो नेपाल नै घुमेँ । त्यस क्रममा गाउँका दुःखलाई झन् नजिकबाट देखेँ । त्यसले मलाई अझ संवेदनशील बनायो । सामान्य मान्छेसँग कुरा गर्दा अर्गानिक कुरा आउँछ । एक किसिमले मेरो लेखन अर्गानिक कुराको खोजी पनि हो ।
समाजको लेख्नुपर्ने विषयलाई आजका लेखक/पत्रकारले कत्तिको समेट्न सकेका छन् जस्तो लाग्छ ?
देश सानो भने पनि घुमेर नसकिने देश छ हाम्रो । छिचोलेर नसकिने गाउँ र मान्छेहरूसँग कथाहरूको भेराइटी छ । तर, हाम्रो पत्रकारिता र साहित्य छिपछिपे छ । किनभने समाज जति पनि बहुल विषय छन्, त्यसलाई हामीले सम्बोधन गर्न सकेका छैनौं । जातीय, भाषिक, सांस्कृतिक लगायत बहुल पक्षहरू छन् । त्यो पत्रकारिता, साहित्य र कलाका अन्य माध्यमहरूमा आउन सकेका छैनन् । बल्ल त पूर्वको जनजातिका साहित्य अलिअलि आउँदै छ । पश्चिम र मध्य पहाडको कथा आउन थालेको छ । तर, एकदम सानो रूपमा ।
हामीकहाँ यति धेरै पात्रहरू छन्, पात्रको विविधता हामीले छुनै सकेका छैनौं । यति धेरै सामाजिक मुद्दालाई कि त हामीले हेरेकै छैनौं, हेरे पनि सतही रूपमा हेरेका छौं । समाजका तल्ला तहका मान्छेका कुरा ल्याए पनि एक सिटिङमा भेटेर पस्किने हतारो गर्छौं । त्यतिले मात्र पत्रकारिता धानिँदैन । कुनै पनि पात्रका सामाजिक अन्तरसम्बन्ध, राज्य र विधि व्यवस्थासँग त्यसको सम्बन्ध र सामाजिक आयाम केलाउने काम हामीले गरेका छैनौं । त्यति दुःख गर्ने धैर्य हामी धेरैमा छैन । समाजको तल्लो तह पढ्ने मामलामा हाम्रो पत्रकारिता र साहित्य कमजोर छ ।
अबको लेखन योजना के छ ?
सकेसम्म यस्तै अध्ययन-अनुसन्धानकै पुस्तकमा काम गर्न मन छ मलाई । यस्तो काम निकै जटिल, झन्झटिलो र एकदम खर्चिलो पनि छ । अहिले चाहिँ उपन्यास लेख्न सुरु गरेको छु । वैदेशिक रोजगारीकै थिममा हुनेछ यो । मसँग सामाजिक-पारिवारिक कारणले यथार्थ कथा उतार्न नसकेका केही पात्र छन्, तिनले दिमागमा घोचिरहेकोले आख्यानमा ल्याउने सोच छ ।
हुन त आफू उपन्यास लेख्न सक्ने मान्छे हुँ भन्ने ठान्दिनँ । उपन्यास लेख्न डरलाग्दो कुरा हो मेरो लागि । आफू रिसर्चको काम गर्दै आएकोले तथ्यमा खेल्न मजा लाग्छ । कसैले सोधे भने त्यसमा जवाफ हुन्छ । उपन्यासमा चाहिँ कल्पनाशीलता चाहिन्छ । गैरआख्यान मिहिनेतको काम हो भने आख्यान सिर्जनशील काम हो ।
प्रस्तुति: जोतारे धाइबा, अनलाइनखबरबाट

Post a Comment