Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीले निर्वाचन आयोगलाई भने- ‘संविधानको बाध्यता बुझिदिनुस्’



काठमाडौा,भदौ ६ गते । प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगमा पुगेर २०७४ माघ ७ गतेभित्रै तीन वटा निर्वाचन गर्नु पर्ने संबैधानिक बाध्यता बुझेर तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

मन्त्रीद्धय हितराज पाण्डे र रमेश लेखकलाई समेत लिएर आयोग पुगेका प्रधानमन्त्री प्रचण्डले आगामी निर्वाचनका लागि आयोगको तयारीका बारेमा जिज्ञासा राखेका थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले, आयोगले आगामी निर्वाचनका लागि आवश्यक सबै कानुन र नियमावलीको मस्यौदा नेपालसरकारसामु पठाइसकेको जानकारी गराएका छन् । निर्वाचनका लागि आयोगको तयारीबारे यादवले सरकारले जतिसक्यो चााडो कानुन बनाइदिन आग्रह गरेका थिए ।

उनले निर्वाचन गराउन आयोगलाई कानुन बनेपछि पनि कम्तिमा ४ महिना लाग्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget