Websoft University

www.radiomakalu.com || 021-522512


पोग्वा विश्वका उत्कृष्ट मिडफिल्डर हुन्ः माउरिन्हो


Jose-Mourinho

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले भनेका छन् कि पाउल पोग्वा विश्वकै उत्कृष्ट मिडफिल्डर हुन्, तर ब्यक्तिगत रुपमा उच्च अपाधि पाउनका लागि उनले अझै संघर्ष गर्नुपर्नेछ ।

फ्रान्सेली स्टार मिडफिल्डर पोग्वा यसै सिजनदेखि म्यान्चेस्टर फर्किएका हुन् । कीर्तिमानी ८९ मिलियन पाउण्डमा ओल्ड ट्राफोट फर्किएका पोग्वाले शुक्रबार साउथहृयाम्टनबिरुद्धको खेलसँगै युनाइटेडमा दोस्रो अध्यायको आरम्भ गर्नेछन् ।

‘उनी एक उत्कृष्ट मिडफिल्डर हुन्, संभवतः उनलाई विश्वकै उत्कृष्ट मिडफिल्डर मान्न सकिन्छ ।’ माउरिन्होले भने ।

तर व्यक्तिगत विधामा उत्कृष्टताको अवार्ड जित्न माउरिन्होले उनलाई गोल स्कोरिङमा ध्यान दिन उनले सुझाव दिएका छन् ।

बेलोन डि’ओर, जुन अवार्ड विश्वका उत्कृष्ट खेलाडीलाई दिइन्छ । यो अवार्ड सन् २००८ देखि लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोभन्दा अन्यले जित्न सकेका छैनन् ।

लियोनल मेस्सीले ३७४ करिअर गोल गरेका छन् भने रोनाल्डोले ३६४ गोल गरेका छन् । तर पोग्वाले सन् २०१२ मा युभेन्टसमा आवद्ध भएपछि चार सिजनमा मात्र ३४ गोल गरेका छन् ।

‘पहिलो कुरा, विश्वको उत्कृष्ट फुटबलर भन्ने बित्तिकै धेरै गोल गर्ने भन्ने सोचिन्छ । त्यसैले उत्कृष्ट बन्ने हो भने गोल स्कोरिङमा ध्यान दिनुपर्छ ।’

‘गोल्डेन बल कहिल्यै गोल किपरले पाएको थाहा छ ? गोल्डेन बल डिफेण्डरले पाएको पनि इतिहासमा एकपटक मात्र छ । सन् २००६ को विश्वकप जितेको इटालीका अन्य सदस्यको प्रदर्शन उल्लेख्य नभएकै कारण कप्तान तथा डिफेण्डर कानभारो त्यसको हकदार बनेका हुन् ।’ माउरिन्होले भने ।

माउरिन्होले प्रश्न गरे, ‘पाओलो माल्डिनी, जाभियर जेनेट्टीके कहिल्यै गोल्डेन बल पाउन किन सकेनन् ?’ किनकी उनीहरुले गोल गरेका थिएनन् ।

के पोग्वाले रोनाल्डो र मेस्सीले जत्तिकै गोल गर्न सक्लान ? २५ प्रतिशतभन्दा बढी सक्दैनन् । मेरो बिचारमा उनले एक सिजनमा अहिलेसम्म २० भन्दा माथि गोल गर्न सकेका छैनन् । तर विश्को उत्कृष्ट खेलाडी बन्ने हो भने गोलका अवसर सृजना गर्नेमात्र होइन गोल गर्नपनि सफल हुनुपर्छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget