Websoft University

www.radiomakalu.com || 021-522512


देशद्रोहको आरोपमा इरानका परमाणु वैज्ञानिक अमिरीलाई मृत्युदण्ड



हरान – सन् २०१० मा पक्राउ परेका इरानका परमाणु वैज्ञानिक शाहराम अमिरीलाई मृत्युदण्ड दिइएको परिवारले बताएका छन् ।

अमिरीका आमाका अनुसार उनको शवलाई गृहनगर पुर्याएको र घाँटीमा डोरीको निशान रहेको थियो । उनलाई झुण्डाएर मृत्युदण्ड दिइएको उनले बताइन् । उनको त्यही अन्तिम संस्कार गरिएको उनले जानकारी दिइन् ।


सिआइएले जबर्जस्ती लगेको भन्दै अमेरिका पुगेका अमिरी त्यहाँबाट फर्केपछि पक्राउ परेका थिए । त्यसपछि उनलाई गोप्य ठाउँमा राखिएको थियो । केही रिपोर्टका अनुसार उनलाई इरानको परमाणु कार्यक्रमसम्बन्धि विस्तृतमा ज्ञान रहेको बताइएको छ ।

सन् १९७७ मा जन्मेका अमिरी सन् २००९ मा मक्कामा गएका बेला गायब बनेका थिए । त्यसको एक वर्षपछि उनी अमेरिकामा सार्वजनिक हुँदै आफूलाई सिआइएले अपहरण गरेको र आफूलाई इरानको गोप्य तथ्य सार्वजनिक गर्न दबाब दिएको जानकारी दिएका थिए ।

उनले सार्वजनिक गरेको भिडियोमा उनले अमेरिकी सिआइएले उनलाई गोप्य स्थानमा लगेको र इन्जेक्सन दिएर गोप्य कुरा खोल्न दबाब दिएको बताएका थिए ।

त्यसपछि अर्को भिडियोमा उनले आफू अमेरिकाको कस्टडीबाट भाग्न सफल भएको बताएका थिए । सन् २०१० मा इरान फर्किएका उनको हिरोको जस्तै गरी स्वागत गरिएको थियो ।

त्यतिबेला अमेरिकी अधिकारीहरुले भने अमिरी आफै भागेर आएको र इरानको बारेमा ‘महत्वपूर्ण’ जानकारी दिएको दाबी गरेका थिए ।

इरान फर्किएपछि अमिरीमाथि देशद्रोहको लामो मुद्दा चलाइएको थियो ।- रातोपाटीबाट

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget