Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित, एमाले-राप्रपा नेपाल विपक्षमा

 Pushpa-Kamal-Dahal-Prachand-PM-of-Nepal

काठमाडौं , साउन१९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
बुधबार व्यवस्थापिका संसदले बहुमतका आधारमा प्रचण्डलार्इ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३६३ मत पाएका छन् ।
५९५ सदस्य रहेको संसदको बुधबारको बैठकमा ५७३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डको विपक्षमा २१० मत खसेको छ ।
प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । अब गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् ।
ककसले दिए प्रचण्डलार्इ साथ ?

Prachanda-PM-4
संसदको ठूलो दल कांग्रेस र माओवादीबीचको सातबुँदे सहमतिले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आधार तय गरेको थियो । निर्वाचनसम्म आइपुग्दा मधेसी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपा र अधिकांश साना दल उनको पक्षमा देखिए ।
मधेसी मोर्चाको मत लिनका लागि प्रचण्डले कांग्रेससँग मिलेर तीनबुँदे सहमति गरेका छन्, जसमा राजनीतिक सहमतिका आधारमा संविधान संंशोधन प्रस्ताव संसदमा दर्ता गर्ने उल्लेख छ ।
एमाले-राप्रपा नेपाल विपक्षमा
Prachanda-PM
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दल एमालेले प्रचण्डको विपक्षमा मतदान गरेको छ । उसले सुरुमा उम्मेदवार दिने बताएको थियो । तर, मंगलबार अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय दियो ।
ओली सरकारमा रहेको राप्रपा नेपालले पनि प्रचण्डलाई मत दिएन । नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र केही साना दल पनि ओलीको पक्षमा रहे ।
तर, ओली सरकारमा रहेका राप्रपा, फोरम लोकतान्त्रिक, परिवार दलसहितका दलहरु भने प्रचण्डको पक्षमा उभिन पुगे ।
 तस्वीर: कविन अधिकारी/अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget